दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा विद्यालय जादै गर्दा भिर बाट लडेर एक बालिकाको ज्यान गयो

भुमा मगर

२०७९ फागुन १६ । बरेङमा विद्यालय जादै गर्दा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । 

बरेङ गाउँपालिका १ धुल्लुबास्कोट लुरुङकोटका विष्णु बहादुर घर्ति मगर र डोलमाया घर्ति मगरकी ७ वर्षिया छोरी प्रतिक्षा घर्ति मगर आज विहान विद्यालय जादै गर्दा टाकुराको भिरबाट खसेर ज्यान गएको इलाका प्रहरी कार्यालय बरेङडाडाले जानकारी दिएको छ ।

मङ्गलबार विहान  घरबाट विद्यालय जाने क्रममा साथीहरुसंग आँखा चिम्लेर खेल्दै हिड्ने क्रममा अचानक बाटोबाट लडेर करिब ५०० मिटर तल पुगेको र उनको उद्धार गर्ने क्रममा ज्यान गएको प्रहरीको भनाई छ ।

घटनाको प्रारम्भिक जाँचबुझ पश्चात सव पोष्टमार्टमका लागी सदरमुकाम बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बरेङडाडाका  प्रहरी निरिक्षक जनकराज रेग्मिले जानकारी दिनुभयो ।

« निवेदन भर्न बाट वञ्चित वर्गलाई समेट्न अभिमुखीकरण,निवेदन दिएका सबैले रोजगार नपाएको गुनासो «

» राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना ः३५ सदस्यीय जिल्ला समिति चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal