प्रथम पालिका अध्यक्ष कप–२०७९ , पुरुष भलिबल तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा विजेता
भुमा मगर
२०७९ फागुन २२ । नेपाल मगर संघ कालिगण्डकी गाउँपालिकाको सह आयोजना तथा कालिगण्डकी गाउँपालिका गुल्मीको आयोजनामा प्रथम पालिका अध्यक्ष कप–२०७९ सम्पन्न भएको छ।
फागुन १५ गते मगर दिवसका दिन देखि सञ्चालन भएको कार्यक्रममा विविध सास्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरीएको थियो ।
जसमध्य अन्तर पालिका स्तरिय पुरुष भलिबल तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा विजेता बनेको छ भने गल्कोट नगरपालिका बाग्लुङ उप–बिजेता बनेको छ ।
महिला तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा बिजेता र सत्यवती गाउँपालिका गुल्मी उप–बिजेता बनेको छ ।
यस्तै ,सि लेभल ब्याडमिन्टन प्रतियोगिता आज तर्फ गल्याङ्ग नगरपालिका स्याङ्जाका मन थापा र समिर थापाको जोडि प्रथम , कालिगण्डकि ७ छापचौरका कुशल श्रीस र जनक क्षेत्रीको जोडि द्धितिय , पुर्तिघातका शुभम श्रेष्ठ र सोम गाहको जोडि तृतिय र डायमण्ड फौजा र रमन फौजाको जोडि सान्त्वना बनेका कालिगण्डकि अनलाईन टिभिका सञ्चालक पुरन राजकोटि मगरले जानकारी दिनुभयो ।
« राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना ः३५ सदस्यीय जिल्ला समिति चयन «
» बरेङ गाउपालिकाका ८५.३ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरे »







