दर्ता. न‌: २४५/०६५/०६६

कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमका लागि प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण ।

प्रकाश छन्त्याल, सिग्दी । १० कार्तिक २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं २ मा अवस्थित पालिकाकै सबैभन्दा उचाईमा रहेको कौडेको लेकलाई पर्यटकिय क्षेत्र बनाईने उदेश्यका साथ प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण गरिएको छ । कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रम गर्ने उद्धेश्यका साथ यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारि, बुद्धिजिवी, पत्रकार एव स्थानियको टोलिले शनिबार अध्यान अबलोकन भ्रमण गरेको हो ।

बरेङ गाँउपालिकाको आयोजनामा गरिएको प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमणमा बरेङ गाँउपालिकाको अध्यक्ष कृष्ण प्रसाद शर्मा, गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेल, लेखापाल पदम थापा, आईटी प्रमुख राजन कार्की, योजना प्रमुख मिलन श्रीस राना, युवा खेलकुद बिकास समितीका सदस्य हिरा पुन, रेडियो बिहानीका स्टेशन को अर्डिनेटर प्रकाश छन्याल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सल्लाहकार नर बहादुर पुन तथा स्थानिय समाजसेवी लगाएतको टोली कौडे पुगेको थिए ।

त्यसै गरि बरेङ गाँउपालिका वडा नं २ सिग्दीलाई (होमस्टे) घरबास बनाई कौडेसम्म पदमार्ग निर्माण गर्ने र भविश्यमा भ्युटावर निर्माण गरी स्वदेशी तथा बिदेशी पर्यटक भित्राउने लक्ष्य बरेङ गाउपालिकाले लिएको अध्यक्ष शर्माले बताउनु भएको छ । त्यस्तै सिग्दी देखी कौडेको लेक सम्म पर्ने करिब २ किलोमिटर पदमार्ग समेत निर्माण गरिने लक्ष्य लिईएको बताइएको छ । होमस्टे अर्थात घरबास कार्यक्रम सञ्चालन गर्न बरेङ गाँउपालिकाले चालु आर्थिक बर्षमा रु १० लाख बजेट बिनियोजन गरेको छ भने पदमार्गका लागि ५ लाख गरि कुल १५ लाख बजेट   कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमको लागि व्यवस्था गरेको छ ।

कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमको लागि थप रकमका लागि प्रदेश तथा संघीय सरकारका संबन्धीत निकाय संग सहयोग मागिने स्थानिय मिन बहादुर पुनले बताए । पुरातात्विक र पर्यटन संबन्धी बिज्ञहरु संग आबश्यक परामर्श गरि थप योजना निर्माण गर्दै जाने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

कौडेको लेकमा बाईसी चौबिसे राजाको पालाको दरबारको शिलालेखको अवशेष रहेको छ । कौडेको लेक देखि मनोरम हिमश्रृखला धौलागिरी, निलगिरी,माछापुच्छ«े ,माना पाथी लगाएतका दर्जनौ हिमश्रृखलाको अवलोकन गरिनुका साथै सुर्यउदय र सुर्यअस्तको अवलोकन पनि गर्न सकिन्छ । त्यस्तै समुन्द्री सतह देखी २३७० मिटरको उचाईमा रहेको कौडे लेक देखी छिमेकी जिल्ला गुल्मी, पर्वत, स्याङजा, अर्घाखाची, पाल्पा लगायतका जिल्लाका बिभिन्न भागहरु अबलोकन गर्न सकिन्छ ।

« चौताराबासीले गोरेटो बाटो निर्माण गरे । «

» जनचेतना युवा क्लब काउलेचौरको १९औं बार्षिकोत्सब सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal