बरेङमा सुख्खा पहिरोमा परेर एक जनाको निधन
दिपेन्द्र परियार २६ फागुन २०७९ बागलुङको बरेङ–२ हुग्दिसिर सक्नेरीमा पहिरोमा परेर एक जनाको निधन भएको छ ।
पेरिबाङ बरेङ उर्लेनी मोटर बाटो बिस्तारको क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुख्खा पहिरोमा परेर बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ का वर्ष ४२ का शुकलाल बि.क.को मृत्यु भएको हो ।
आज शुक्रबार दिउसो करिब १२ ः ४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाईते भएका बि.कलाई उपचारका लागी सदरमुकाम बागलुङ तर्फ रिफर गरिएकोमा उनको बाटैमा ज्यान गएको बि.कका आफन्त तुलबहादुर बुढाले बताउनु भयो ।
« बरेङ गाउपालिकाका ८५.३ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरे «
» स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बरेङमा सम्पन्न »







