दर्ता. न‌: २४५/०६५/०६६

स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बरेङमा सम्पन्न

दिपेन्द्र परियार २७ फागुन २०७९ ।बरेङ गाँउपालिकाको स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सुदालामा सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार २ दिनसम्म सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा बरेङ गाँउकार्यपालिका सदस्य ,कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई गाँउपालिका भित्रका सबै नागरिक तथा स्वास्थ्य सम्बन्धी भएका सम्पुर्ण गतिबिधीहरुको तत्थ्याङक संकलन सम्बन्धी बिस्तृत जानकारी गराईएको थियो । कार्यक्रमबाट घरधुरी सबेक्षण गर्ने,स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न सहज हुने अपेक्षा लिईएको छ ।

कार्यक्रमको गण्डकी प्रदेशस्वास्थ्य निर्देशनालयका तत्थ्याक अधिकृत दिवाकर शर्मा,गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्याकं अधिकृत प्रबिण भण्डारी,स्वाथ्यकार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत प्रबिण शर्मा, स्वास्थ्य कार्यालय बागलुङका तत्थ्याङक अधिकृत घनस्याम सापकोटा , ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयरमेड फाउण्डेसनका फिल्ड सुपरभाईजर रामेश्वर शाहले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाको अध्यक्षता , बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङमा सुख्खा पहिरोमा परेर एक जनाको निधन «

» धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal