दर्ता. न‌: २४५/०६५/०६६

धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सबिना पौडेल २७ फागुन २०७९ । धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सर्बोदय माबि मा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुनले पानसमा बत्तिबालेर उद्धघाटन गर्नुभयो ।

उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि पुनले सस्थामा आबद्ध महिला दिदिबहिनीहरुलाई आफ्नो क्षमता अनुसारको मात्रै कर्जा लिएर जुन शिर्षकमा कर्जा लिएको हो त्यसैमा लगानी गर्न अनुरोध गर्नु भयो ।महिला दिदिबहिनीहरु एउटा मात्रै सस्थामा बसेर कारोबार गर्न उहाँले सुझाब दिनुभयो ।

त्यस्तै बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि हिरा बहादुर घर्तीले बित्तीय सस्थाहरुले ग्रामिण बस्तीका महिलाहरुलाई बित्तिय क्षेत्रमा साक्षर गराउदै उद्यमी बन्न प्रेरित गराएको बताउनु भयो । सस्थाबाट रकम माग गर्दा ऋण तिर्नका लागी नभएर उत्पादनहुने क्षेत्रमा लगानी गर्न महिला दिदिबहिनीहरुलाई आग्रह गर्नुभयो ।

सर्बोदय माबि का अध्यक्ष टुक बहादुर पुन, रेडियो बिहानीका दिपेन्द्र परियार लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा साखा प्रबन्धक सरस्वति परियारले कर्मचारी प्रतिज्ञा प्रश्तुत गर्नुभयो ।

धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड खैरेनी बल्क साखा अनुगमन प्रमुख असोक सापकोटाले कार्यक्रमको उद्धेश्य र महत्वका बिषयमा प्रकास पार्नुभयो ।

कार्यक्रममा सस्थामा आबद्ध सहभागि महिला दिदिबहिनीहरुले सफलताका कथाहरु सुनाएका थिए ।

कार्यक्रमको अबसरमा बिभिन्न बिधामा उत्कृट हुने सदस्यहरुलाई पुरस्कृत गरिएको साखा प्रबन्धक सरस्वती परियारले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लगाएत अतिथिहरुलाई कार्यक्रमका अध्यक्ष मिना थापाले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाले बिगद ६ बर्षदेखि बरेङ बजारबाट आफ्नो सेवा प्रदान गरिरहेको साखा प्रबन्धक सरस्वति परियारले बताउनु भयो । कार्यक्रम मिना थापाको अध्यक्षता तथा धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड  केन्द्रिय कार्यालय बागलुङका आईटि बिभाग असोक थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 

« स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बरेङमा सम्पन्न «

» बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal