मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव सम्पन्न
भुमा मगर
२०७९ फागुन २८ । मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
क्लवले आफ्नो ऐतिहाँसिक सातौं वार्षिकोत्सव फागु पुणिर्मा अथात् होली पर्वको विशेष अवसर पारी विविध प्रतियोगितात्मक तथा मनोरञ्जानत्मक कार्यक्रमहरुको आयोजना गरी मनाएको हो ।
जस अन्तर्गत हुग्दिशिर च्याम्पियनसिपतर्फ सिमाना युवा क्लव दाउन्ने प्रथम,आयोजक मङ्गलापुर विकास केन्द्र गुरुङधारा द्धितिय भएको छ ।
साविक अन्तर वाड स्तरिय पुरुष भलिबल प्रतियोगितातर्फ आयोजक मङ्गलापुर प्रथम, हिमचुली युवा क्लव बाच्छिखर्क द्धितिय,नवदुर्गा युवा क्लब नयाँगाँउ गुल्मि तृतिय तथा हिमालयन खेलकुद परिवार किटेनी सान्त्वना बनेको छ भने पुरुष भलिबलतर्फ आयोजकका झलक काउचा सर्वोत्कृष्ट खेलाडि घोषित भए । अनुशासित खेलाडितर्फ नवदुर्गा युवा क्लब नयाँगाँउ गुल्मिका सुनिल भण्डारी , हिमालयन खेलकुद परिवार किटेनीका जीवन थापा वेष्ट सेटर, हिमचुली युवा क्लव बाच्छिखर्कका विपिन विश्वकर्मा वेष्ट स्पाइकर, हिमालयन खेलकुद परिवार किटेनीका दिपेन्द्र श्रीस वेष्ट लिव्रो,तथा आयोजकका चित्र थापा वेष्ट व्लकर घोषित भए
महिला भलिबल प्रतियोगितातर्फ आयोजक मङ्गलापुर विजेता र युनिटि क्लव घट्ट उपविजेता बनेको छ भने महिला भलिबलतर्फकै प्रतियोगितामा आयोजककि सविना पुन उत्कृष्ट खेलाडि घोषित भएकि हुन् ।
यस्तै, खुल्ला नृत्य प्रतियोगितातर्फ सप्तरङ्गि समुह बराहकोट प्रथम, मनकामना समुह सिक्दि द्धितिय तथा आयोजक समुह तृतिय बनेको क्लवकि सदस्य ज्योति थापाले जानकारी दिनुभयो ।
« बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने «
» गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन »







