गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन
भुमा मगर
२०७९ चैत्र ०१ । गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन गरिएको छ ।
कक्षा १२ का विद्यार्थीहरुले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहयोग गर्ने र गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग गरी हौसला प्रदान गर्ने उद्देश्यले क्लव गठन गरिएको त्यँहाबाट कृष्ण थापा क्षेत्रीले जानकारी दिनुभयो ।
क्लवले विद्यालयमा छुट्टै कोषको स्थापना गरी कक्षा १ देखि ५ सम्मका छ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने मुख्य उद्देश्य लिएको छ ।
क्लवको अध्यक्षमा हिम्मत पुन,उपाध्यक्षमा मनिष अधिकारी,सचिवमा सागर सामत,सह– सचिवमा देवु थापा,कोषाध्यक्ष विपिन अर्याल, सह–कोषाध्यक्षमा सागर ज्ञवाली तथा अन्य २ जना सदस्य रहेका छन् ।
साथै क्लवले आगामि दिनहरुमा विद्यालयमा जस्तोसुकै सहयोग पनि गर्ने प्रतिबद्धता जनाएको कृष्ण थापा क्षेत्रीले जानकारी दिनुभयो ।
« मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव सम्पन्न «
» जैमिनी नगरपालिका वडा नं ७ जैदीको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न »







