दर्ता. न‌: २४५/०६५/०६६

जैमिनी नगरपालिका वडा नं ७ जैदीको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न

दिपेन्द्र परियार १ चैत्र २०७९ ,जैमिनी नगरपालिकाको आ।व। २०७९र०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई मंगलवार जैमिनी नगरपालिका वडा नं। ७ जैदीमा सम्पन्‍न भएको छ । आ।व।२०७८र७९ मा सम्पन्‍न भएका आयोजना तथा कार्यक्रम र चालु आ।व।२०७९र८० मा भएका प्रगतिका साथै नगर तथा वडास्तरबाट सम्पादित सेवा प्रवाह लगायत विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।  

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले प्रवाह गरेका सेवा तथा गत आ।व।मा सञ्‍चालन गरेका योजना तथा कार्यक्रम र चालु आ।व।मा सञ्‍चालन भइरहेका योजना तथा कार्यक्रमका सम्बन्धमा गुनासो तथा सुझावहरु राखेका थिए । सहभागिहरुले नगरपालिका र वडाबाट सञ्‍चालन भइरहेका योजनाहरुका साथै स्वास्थ्य, शिक्षा, पशु तथा कृषि क्षेत्रमा अनुगमन कम भएको, समयमा नै कार्यान्वयन हुन नसकेको, बाझो खेतवारीको व्यवस्थापन हुन नसकेको, बाँदर आँतकले खेती गर्न नसकिएको, खानेपानीको समस्या परेको, गोरेटोबाट तथा मोटरबाटो व्यवस्थित गर्न नसिकएको, नदिजन्य निर्माण सामग्री निकाल्न नपाउदाँ निर्माण कार्य प्रभावित भएको लगायतका विषयमा आफ्ना गुनासो तथा सुझावहरु कार्यक्रममा राखेका थिए । कार्यक्रममा तमसम राना, प्रेम बहादुर राना, सरस्वति शर्मा चालिसे, टीकाराम शर्मा, खिमानाथ उपाध्याय, राजेन्द्र प्रसाद शर्मा, टंक बहादुर राना, तेजेन्द्र चालिसे सहित १३ जना सहभागिहरुले जिज्ञासाका साथै सुझावहरु राख्‍नुभएको थिए । 

कार्यक्रमा उठेका सवालहरुको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, शिक्षा उपसचिव खेम प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्य, योजना अधिकृत प्रेम प्रसाद सापकोटा, पशु शाखा प्रमुख कृष्ण प्रसाद ढकाल र ईन्जिनियर विवेक सापकोटाले जवाफ दिनुभएको थियो । 

सञ्चारकर्मी दिपेन्द्र परियारको सहजीकरणमा सम्पन्‍न कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्नुभएको थियो भने योजना अधिकृत प्रेम प्रसाद सापकोटाले हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम वडा सचिव टंक शर्माको स्वागत र कार्यवाहक वडाअध्यक्ष अर्जुन शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

« गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन «

» बागलुङको जैमिनीमा रक्तिम साँस्कृतिक अभियानको नगर समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal