दर्ता. न‌: २४५/०६५/०६६

बागलुङको जैमिनीमा रक्तिम साँस्कृतिक अभियानको नगर समिति गठन

दिपेन्द्र परियार  २ चैत्र २०७९। बागलुङको जैमिनीमा रक्तिम साँस्कृतिक अभियानको नगर समिति गठन भएको छ । बुधबार कुश्मिसेरामा बसेको भेलाले दिलिप परियारको अध्यक्षतामा  ११ सदस्यीय समिति गठन गरेको हो । 

रक्तिम सँस्कृतिक अभियानका जिल्ला सचिव कुल बहादुर छन्त्यालको विशेष उपस्थितिमा गठन गरिएको समितिको उपाध्यक्षमा लक्ष्मण श्रीस, सचिवमा झलक पुन र कोषाध्यक्षमा प्रमिला थापा चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा अञ्जली सुनार, डोल्मा थापा, शिव केसी, प्रमिला परियार र रोशन थापा चयन हुनुभएको रक्तिम सँस्कृतिक अभियानका जिल्ला सचिव कुल बहादुर छन्त्यालले जानकारी दिनुभयो । समितिमा २ जना सदस्यको पद रिक्त रहेको र पछि पदपूर्ति गरिने उहाँको भनाई छ । 

१ रिक्त पद सहित अप्सरा परियार र मनिषा थापा बैकल्पिक सदस्यमा रहनुभएको छ भने रक्तिम संस्कृतिक अभियानका पूर्व जिल्ला अध्यक्ष दान बहादुर थापा, गीता थापा र विरेन्द्र थापा रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।

« जैमिनी नगरपालिका वडा नं ७ जैदीको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न «

» सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal