दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विद्या मगर 

२०७९ चैत ४ ।सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

अतिरिक्त क्रियाकलापमा सहभागि विद्यार्थीहरु मध्य धेरै क्रियाकलापमा भाग लिई विजेता बन्न सफल कक्षा ८ का दिपेन्द्र थापा तथा सिजन के.सि.ले गोल्ड मेडल प्राप्त गरेका छन ।

त्यस्तै, सामुदायिक रेडियो बिहानी र बरेङ गाँउपालिकाले सञ्चालन गरेको विषयगत बिहानी क्वीजमा हाल सम्म सहभागी ४४ जनालाई रु ३ सयका दरले पुरस्कार प्रदान गरिएको  प्रधानाध्यापक चित्र थापाले जानकारी दिनुभएको छ ।

त्यस्तै, कक्षा ११ र १२ तर्फ अर्ध वार्षिक परीक्षामा कक्षा १२ मा प्रथम हुन सफल विज्ञान समुहका मिलन थापा,द्धितिय हुन सफल व्यवस्थापन समुहका ललिता थापा र कक्षा ११मा, व्यवस्थापन समुहका धनु पुन प्रथम,कमला आर्चाय द्धितिय तथा धनमाया थापा तृतिय भएको सुचना अधिकारी द्धय प्रसान्त शर्मा तथा गम बहादुर थापाले जानकारी दिनुभयो । 

« बागलुङको जैमिनीमा रक्तिम साँस्कृतिक अभियानको नगर समिति गठन «

» सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal