दर्ता. न‌: २४५/०६५/०६६

जनचेतना युवा क्लब काउलेचौरको १९औं बार्षिकोत्सब सम्पन्न ।

प्रकाश छन्त्याल, काउलेचौर । ११ कार्तिक २०७५ । बरेङ गाँउपालिका वडा नं. १ काउलेचौरमा रहेको जनचेतना युवा क्लबको १९औं बार्षिकोत्सब आईतबार सम्पन्न भएको छ । कार्तिक ५ गते उद्घाटन गरिएको बार्षिकोत्सब  बिबिध प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न गर्दै आज सम्पन्न भएको हो   ।

आईतबार सम्पन्न क्लबको १९औं बार्षिकोत्सबको समापन कार्यक्रममा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने ८४ बर्षिया बयोबृद्व लाल बहादुर थापा लाई क्लब र प्रमुख अतिथी शर्माले खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा आयोजकको तर्फ देखी चित्र थापा, बरेङ गाँउपालिकाका वडा नं १ का अध्यक्ष नर सेङ पुन, रेडियो बिहानीका स्टेशन को अर्डिनेटर प्रकाश छन्त्याल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता तर्फ सृजना युवा क्लब धुवाखोला गुल्मी प्रथम, आयोजक जनचेतना युवा क्लव समुह ए द्वितिय, सप्तरङगी युवा क्लब बराहकोट तृतिय र आयोजक जनचेतना युवा क्लव समुह बि सान्त्वना हुन सफल भएका छन् । बिजेताहरुलाई नगद, टर्फि, मेडल र प्रमाण पत्र द्वारा प्रमुख अतिथि कृष्ण प्रसाद शर्मा र क्लबका अध्यक्ष कुमार थापाले सम्मान गर्नुभएको थियो । 

सृष्टि कला केन्द्र बरेङ र गायिका तारा बिसि लगायतको बिबिध साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रम क्लबका अध्यक्ष कुमार थापाको अध्यक्षता, क्लबका सदस्य पुर्ण बहादुर थापाको स्वामगत तथा क्लबका सदस्य डोल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमका लागि प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण । «

» बरेङ गाँउपालिका द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुरु ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal