दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित

भुमा मगर 

२०७९ चैत ०५ ।सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित हुनुभएको छ ।

क्याम्पसमा अनेरास्ववियु छैठौंको प्यानल मात्र निर्वाचनमा दर्ता भएकोले निर्वाचन निर्विरोध घोषणा भएको सर्वोदय क्याम्पस स्ववियु निर्वाचन अधिकृत तथा भृकुटि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनारायण शर्माले जानकारी दिनुभयो  ।

क्याम्पस सभापतिमा गणेश पौडेल, उप सभापतीमा सरस्वती शर्मा, सचीवमा भुवन कुमार ढकाल, सह सचीवमा गोमा शर्मा, कोषाध्यक्षमा जानकी काउचा, समानुपातिक सदस्यहरुमा सुशिला छन्त्याल पुन, अनुष्का बि क, सिजन थापा, प्रत्यक्ष सदस्यहरुमा सपना काउचा, गंगा शर्मा र कमला पौडेल निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिक्षक रुप नारायण शर्माले सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गर्नभएको थियो  भने निर्वाचित पदाधिकारीहरुलाई सर्वोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चित्र थापा, सहायक प्रध्यापक कृष्ण प्रसाद आचार्य, सर्वोदय क्याम्पस बरेङका प्रमुख फुल कुमारी शर्मा रेडियो विहानीका विज्ञापन प्रमुख दिपेन्द्र परियारले सफल कार्यकालको बधाई सहित शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सर्वोदय क्याम्पस सञ्चालक समिति अध्यक्ष केहरसिंङ पुनको अध्यक्षता, निर्वाचन समिति सदस्य शिक्षक ओम बहादुर पुनको स्वागत तथा शिक्षक प्रशान्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  

« सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न «

» पालिका अध्यक्ष शर्मालाई नेपाल विद्यालय कर्मचारी परिषद बरेङको ४ बुँदे ज्ञापनपत्र »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal