पालिका अध्यक्ष शर्मालाई नेपाल विद्यालय कर्मचारी परिषद बरेङको ४ बुँदे ज्ञापनपत्र
भुमा मगर
२०७९ चैत ०५ ।नेपाल विद्यालय कर्मचारी परिषद बरेङले ४ बुँदे माग सहित गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
परिषदले आइतबार प्रमुख प्रशासकिय अधिकृत जित बहादुर राना र शिक्षा अधिकृत सुर्य प्रसाद शर्मा मार्फत पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।
पालिकाका माध्यमिक विद्यालयको लेखामा काम गर्ने कर्मचारी तथा कार्यालय सहयोगीको प्रतिनिधिका रुपमा ११ जनाले ४ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।
“तत्कालका लागी विद्यालय सहायकको तलवमान नेपाल सरकारको रा.प.अन.प्रथम सरह(३६७३०) र कार्यालय सहयोगीको तलवमान कार्यालय सहयोगी प्रथम स्तर सरह (२६७०२) हुनुपर्ने ” ज्ञापनपत्रमा लेखिएको छ ।
“संघिय ऐन तत्काल जारी गरि वा शिक्षा ऐन २०२८ को संशोधन गरि विद्यालयको कर्मचारीको दरबन्दी सिर्जना गरी,एकपटकका लागी प्रक्रिया पुर्याइ स्थायी प्रकृयामा लैजानुपर्ने ” पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
साथै, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई शिक्षक सरहको सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा नेपाल सरकारसंग भएका सहमति तथा सर्वोच्च अदालतबाट भएका फैसलाको कार्यान्वयन हुनुपर्नेमा ज्ञापनपत्रमार्फत ध्यानाकषर्ण गराइएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा,सुविधामा संघिय सरकार प्रदेश सरकार र स्थानिय तहबाट विभेद भएको भन्दै देशभरका करिब ३६ हजार विद्यालयका कर्मचारीहरु गत भदौ १ गतेदेखि आन्दोलनरत रहेका छन् ।
« सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित «
» बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिमसुरु »







