बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिमसुरु
भुमा मगर
२१ चैत २०७९ ।बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिम मङ्गलबारदेखि सुरु भएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा बरेङ गाउँपालिकाले आयोजना गरेको एक महिने सिप विकास तालिम आज देखि शुरु भएको हो ।
तालिमको बरेङ गाउपालिका वडा नं. १ का वडासदस्य एवम वडा नं. १ का कार्यबाहक अध्यक्ष छत्र बहादुर थापाले उद्घाटन गर्नुभएको हो ।
सफल उद्यमी लक्ष्मी क्षेत्रीले तालिम अवधिभर प्रशिक्षण दिनुहुने छ । उद्घाटन सत्रमा बोल्दै प्रशिक्षक क्षेत्रिले तालिम अवधिभर मन लगाएर सिक्न र सिकेका कुराहरुलाई व्यवहारिक बनाउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बरेङ गाउपालिकाकि पुर्व उपाध्यक्ष दिलकुमारी पुनले तालिमको सहि सदुपयोग गरी आत्मर्निभर बन्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
आज तालिमको पहिलो दिन प्रशिक्षार्थीहरुलाई मेसिन चलाउने तरिका र मेसिन सम्बन्धि सामान्य जानकारी गराइएको प्रशिक्षक क्षेत्रीले बताउनु भयो ।
उद्घाटन कार्यक्रम बरेङ गाउपालिका वडा नं. १ का वडासदस्य एवम कार्यवाहक अध्यक्ष छत्र बहादुर थापाको अध्यक्षता, पुर्व उपाध्यक्ष दिलकुमारी पुनको प्रमुख आतिथ्यता र बरेङ गाउँपालिकाका लघुउद्यम बिकास सहजकर्ता सुरेन्द्र राना मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष छत्र बहादुर थापा , पुर्व उपाध्यक्ष दिल कुमारी पुन , तालिमकि प्रशिक्षक लक्ष्मी क्षेत्री , पालिकाका लघुउद्यम सहजकर्ता सुरेन्द्र राना मगर, कर्मचारी मन बहादुर पुन,रेडियो विहानीका सह सम्पादक भुमा मगर सगैं २० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
« पालिका अध्यक्ष शर्मालाई नेपाल विद्यालय कर्मचारी परिषद बरेङको ४ बुँदे ज्ञापनपत्र «
» अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता:- भृकुटी मावि प्रथम »







