अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता:- भृकुटी मावि प्रथम
२४ चैत्र ०७९ । संवाददाता हुग्दिशिर । विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराइ क्षमता विकास गराउने उद्देश्यका साथ आयोजना गरिएको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बरेङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार पालिकाको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो ।
पालिका भित्रका ५ माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ मा अध्ययनरत छात्र र छात्रा गरी २० विद्यार्थीको प्रतिस्पर्धा भएको शाखाले बताएको छ ।
समृद्ध बरेङ निर्माणमा विद्यार्थीको भूमिका शीर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सम्बोधन, विषयवस्तु,मौलिकता, भाषाशैली र प्रस्तुतीकरण,हाउभाउ,तर्क र उदाहरण, निष्कर्ष गरी ५० पूणार्ङ्कको मुल्यांकनका आधारमा अङ्ग निर्धारण गरिएको थियो । उक्त प्रतियोगितामा भृकुटी माध्यमिक विद्यालय कक्षा ११ कि छात्रा आश्मा गिरी प्रथम, शारदा माध्यमिक विद्यालय कक्षा १२ कि छात्रा ममता कार्की द्वितीय, पुरुषोदय माध्यमिक विद्यालय कक्षा ११ कि छात्रा रिता पौडेल तृतीय र भृकुटी माध्यमिक विद्यालय कक्षा ११ का छात्रा हेमराज कुमार ढकाल सान्त्वना भएका छन् । बिजेताले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
वडा नम्बर २ का वडा अध्यक्ष हिरा बहादुर घर्तिको अध्यक्षता, प्राविधिक सहायक विष्णु प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रमको उद्देश्य बारे प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले बताउनुभएको थियो ।
« बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिमसुरु «







