राजमो कालिगण्डकी गाउपालिका वडा गा.पा. ७ को भेला सम्पन्न , गिरिको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक,३ सल्लाहकार समिति चयन
दिपेन्द्र परियार २७ चैत्र २०७९। राजमो कालिगण्डकी गाउपालिका वडा न ७ को भेला सम्पन्न भएको छ ।
भेलाले बिनोद गिरिको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक,३ सल्लाहकार समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण पुन, सचिबमा धनमाया घले सहसचिबमा पिपला पुन र कोषाध्यक्षमा मनमाया गिरि चयन हुनुभएको छ ।समितिको सदस्यमा राजु थापा,कल्पना पुन,थम्मन नेपाली,साबित्रा गिरि रहनुभएको छ ।बैकल्पीक सदस्यहरुमा दुर्गा कार्कि रहनु भएको छ भने दुई स्थान रिक्त रहेको छ ,। सल्लाहकार हरुमा अस्मीता पुन,टेक बहादुर कार्की र ईश्वरी कार्की रहनु भएको छ ।
कार्यक्रममा राजमो केन्द्रिय सदस्य राजकुमार क्षेत्री,राजमो कालिगण्डकी गाँउपालिकाका उपाध्यक्ष शुर्य बहादुर क्षेत्री,को आतित्थ्यता,बिनोद गिरिको अध्यक्षता,धनमाया घलेको स्वागत तथा कृष्ण पुनको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
« अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता:- भृकुटी मावि प्रथम «
» बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन »







