दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन

दिपेन्द्र परियार २७ चैत्र २०७९। बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन गरिएको छ ।

सोमबार पालिकाको वडा न २ काफलबोटमा सम्पन्न भेलाले  छत्र बहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय गाँउपालिका स्तरिय समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा हर्क बहादुर बुढाथोकी, सचिबमा दुर्गाबहादुर थापा, कोषाध्यक्षमा चन्द्रकला के.सी थापा चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा टिकाराम गलामी,खड्क बहादुर पुन,जगदिस थापा ,लिल बहादुर थापा,पृथ्बि बहादुर पुन रहनुभएको छ ।समितिको सहसचिब, र १ सदस्य पद रिक्त रहेको छ ।त्यस्तै बैकल्पीक सदस्यहरुमा होम बहादुर श्रीस,स्याम बहादुर थापा,समसेर दगामी,ईन्द्र बहादुर थापा,बिष्णु बहादुर गुरुङ रहनुभएको छ ।

भेलामा राजमो बागलुङ जिल्ला समिति सदस्य तथा बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष हिरा बहादुर घर्ति,अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति बागलुङका सदस्य तथा बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुन,राजमो बरेङका अध्यक्ष पुर्ण बहादुर पुन,अखिल नेपाल युवक संघ बागलुङ जिल्ला समितिका कोषाध्यक्ष दुर्गा बहादुर थापा, अखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङकी सदस्य तुलसी बस्याल,अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष प्रेम थापा लगाएतको बिशेष उपश्थिति रहेको थियो ।

« राजमो कालिगण्डकी गाउपालिका वडा गा.पा. ७ को भेला सम्पन्न , गिरिको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक,३ सल्लाहकार समिति चयन «

» बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal