जेष्ठ नागरिकलाई सम्मान तथा पिडित लाई राहत प्रदान गर्दै नयाँ बर्षको सुरुवात
दिपेन्द्र परियार २ बैसाख २०८० ।ग्रामिण जनसहभागिता बिकास केन्द्र (आरपिपिडिसि )बरेङले बिभिद कार्यक्रम गरेर नयाँबर्ष मनाएको छ ।
नयाँबर्षको अबसर पारेर कलबले २४ जना जेष्ठ नागरिकलाई १।१ क्यारेट अण्डा प्रदान गरेको छ भने २ जना बिरामीहरु खैसरा थापा लाई नगद १५ हजार र नाम बहादुर थापालाई नगद १० हजार उपचार खर्च स्वरुप नगद प्रदान गरेको हो ।
सोही अबसरमा आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगितामा हिम सिखर युवा कलब मजुवाको टिम प्रथम,तारा थापा र अनिसा थापा को टिम द्धितिय,सिरिना थापाको समुह तिर्तिय,निस्मा थापा र बिन्दु थापा सान्त्वना भएका छन ।
कार्यक्रमको बरेङ गाँउपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले दिप बालेर उद्धघाटन गर्नुभएको थियो ।उद्धघाटन पछि बोल्दै शर्माले कलबहरुलाई खेककुद तथा मनोरञ्जनात्मक कार्यक्रम मा मात्रै सिमित नभएर ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङ जस्तै समाजिक कार्यमा पनि जोडिन आग्रह गर्नुभयो ।
बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुनले सहयोगिबाट लिईएको रकम लाई बास्तबिक पिडित सम्म पु¥याउदै कलब दिनदुखीको साहरा बनेको बताउनु भयो ।
बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष हिरा बहादुर घर्ति थापाले ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङले आयोजना गरेको कार्यक्रमले जेष्ठ नागरिकलाई सबैले माया गर्नुपर्छ भन्ने सकारात्म सन्देश प्रबाह भएको बताउनु भयो ।
कार्यक्रम कलबका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षता,बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतित्थ्यता ,बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुन र २ का वडा अध्यक्ष हिरा बहादुर घर्ति थापाको आतित्थ्यता कलबका सल्लाहकार दुर्गा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन «
» माबिलाई घटाएर आधारभूत बिद्यालय बनाउने निर्णय प्रति स्थानीय असन्तुष्ट »







