माबिलाई घटाएर आधारभूत बिद्यालय बनाउने निर्णय प्रति स्थानीय असन्तुष्ट
दिपेन्द्र परियार
२०८० बैसाख ५ ।गुल्मीको कालिगण्डकी गाँउपालिकाले ३ बिद्यालयहरुलाई माध्यमिक तहबाट आधारभूत बिद्यालयमा झार्ने निर्णय गरेको भन्दै स्थानीयले असन्तुष्टी पोखेका छन् ।
फागुन २८ गते बसेको कार्यपालिका बैठकले कालिगण्डकी गाँउपालिकाको वडा न १ स्थित हर्मिचौर माध्यमिक बिद्यालय, वडा न ३ जयखानीको जयखानी माध्यमिक बिद्यालय र वडा न ६ खड्गकोटको लुङखानी स्थित शुक्र माध्यमिक बिद्यालयलाई (आधारभुत तह) कक्षा १ देखि ८ सम्म मात्रै भर्ना गर्न सूचना मार्फत निर्देशन दिईएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
कार्यपालिकाको निर्णय सच्याउन माग गर्दै खड्गकोटका स्थानीय गाँउपालिकाको कार्यलय घेराउ गर्नेे बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर पुनले बताए ।
लुङखानीमा रहेको शुक्रमाध्यमिक बिद्यालय ब्यबस्थापन समिति, बिद्यार्थी, अभिवावक र सरोकारवालाहरुको संयुक्त बैठक बसेर माध्यमिक तहबाट आधारभुत तहमा झार्ने पालिकाको निर्णय गलत भएको भन्दै गाँउपालिकाको निर्णय तत्काल नसच्याए शसक्त आन्दोलन गर्ने चेतावनी समेत स्थानियले दिएका छन ।
वडा अध्यक्ष पुरन थापाले आफु नभएको समयमा गरिएको कार्यपालिकाको निर्णय मान्य नभएको भन्दै शुक्र माध्यामिक विद्यालयलाई आधारभुत तहमा झार्न नदिने बताए । त्यसका लागि आफु स्थानीयको साथमा रहेको उनले बताए ।
स्थानीयले धान्याञ्चल लगाएर सञ्चालन गरेको बिद्यालयलाई स्थानीय सरकारले संरक्षण गर्नुको साटो तहसनहस बनाएर असी नब्बे जना बिद्यार्थिको भबिस्यमाथी खेलवाड गरेकोे भन्दै कार्यपालिका प्रति नागरिकले तीब्र असन्तुष्टि जनाएका हुन् ।
कालिगण्डकी गाँउपालिकाकी उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले कार्यपालिकाको बैठकले निर्णय गरेपनि अध्यक्ष लगायत आफुहरु पालिका भन्दा बाहिर रहेकाले बिद्यालय स्थलगत अध्ययन गर्न नसकेको बताए । बिद्यालयको अध्ययन अबलोकन पछि मात्रै निर्णय कार्यान्वयन गरिने बताईन् ।
उनका अनुसार आफुहरुले बिकल्प सहित बिद्यालयको समायोजन गर्न लागेको भन्दै समायोजन हुने बिद्यालयका बिद्यार्थीलाई आवासीय सुबिधा सहित पठनपाठनको ब्यबस्था गरिने बताईन् ।
बिद्यालयमा कार्यपालिकाले तोकेको भन्दा कम विद्यार्थी सङख्या रहेको भन्दै (माध्यमिक तहबाट आधारभुत तह कक्षा ( १ देखि ८ सम्म ) मात्रै कायम गरिएको सूचना पालिकाले निकालेको थियो ।
वडा न ३ का वडा अध्यक्ष रुप बहादुर श्रीसले जयखानी माध्यामिक विद्यालयमा बिद्यार्थी सङख्या नपुग्नुको मुख्य कारण भौगोलिक बिकटता र बिद्यालयको शैक्षिक गुणस्तर न्युन रहेको बताए ।
« जेष्ठ नागरिकलाई सम्मान तथा पिडित लाई राहत प्रदान गर्दै नयाँ बर्षको सुरुवात «
» बरेङ,बागलुङ सडक अन्तर्गत बरेङ खण्ड कालोपत्रेको काम तिब्र »







