दर्ता. न‌: २४५/०६५/०६६

बरेङ,बागलुङ सडक अन्तर्गत बरेङ खण्ड कालोपत्रेको काम तिब्र

दिपेन्द्र परियार ८ बैशाख २०८० । बागलुङ कुस्मीसेरा बरेङ हुदै गुल्मीको शान्तिपुर जोड्ने सडक अन्तर्गत बरेङ खण्डमा धमाधम कालोपत्र भैरहेको छ ।

जैमिनिको राङखानी देवलधारा देखि बरेङको लिउवा ,चित्रे सम्म ११ किलोमिटर सडक  ढलान तथा कालोपत्रको जिम्मा लिएको रोताखानी धुलीखेल जे.भि कम्पनीले ढलानको काम करिब सकिसकेको बताएको छ भने मजुवादेखि लिउवा सम्म २ किलोमिटर सडक कालोपत्र भैसकेको छ ।

मौसमले साथ दिएमा यहि असार मसान्त भित्रै कम्पनीले निर्माणको जिम्मा लिएको ११ किलोमिटर सडक निर्माण सम्पन्न हुने कम्पनीका प्रतिनिधि खेमराज सुवेदीले बताउनु भयो ।

स्थानियहरुले समयमै कार्य सम्पन्न गर्न लागेकोमा  निर्माण कम्पनीलाई धन्यबाद ब्यक्त गरेका छन । सधै जोखिम मोलेर हिलो र धुलो खादै यात्रा गर्नुपर्ने बरेङका नागरिकहरुको बाध्यता सडक कालोपत्र सँगै अन्त्य हुने अपेक्षा नागरिकले गरेका छन । बरेङ खण्डको जस्तै यो सडकका बाँकी खण्डमा समेत तुरुन्तै कार्य सञ्चालन गर्न स्थानियले माग गरेका छन ।

« माबिलाई घटाएर आधारभूत बिद्यालय बनाउने निर्णय प्रति स्थानीय असन्तुष्ट «

» बरेङको सल्यानमा पिकअप जिप दुर्घटनाहुँदा ५ जना घाईते,२ जनाको अबस्था गम्भिर »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal