दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिका द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुरु !

दिपेन्द्र परियार, सल्यान । १४ कार्तिक २०७५ । बरेङ गाँउपालिकाले जेष्ठ नागरिक सम्मान  कार्यक्रमको शुरुवात गरेको छ । आज वडा न ४ सल्यानका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच सम्मान गर्दै सम्मान कार्यक्रमको उद्घघाटन गरिएको हो ।

कार्यक्रममा उमेरको हिसाब ले ५ जना जेष्ठ नागरिक लाई १ हजार र १–१ थान बलाङ्गेट बितरण र अन्य लाई रु १ हजार रुपैया प्रदान गरेर सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सम्मान पछि बोल्दै जेष्ठ नागरिक समाज का धरोहर र ज्ञानका श्रोत भयको भन्दै उनीहरुको संरक्षण गर्नुपर्ने बताए । बामपंथी हरुको सरकार देश मा भएपनि राज्यले जेष्ठ नागरिकहरुको वास्तविक समस्या  बुझ्न नसकेको भन्दै उनिहरुका लागि सबै सुबिधा सम्पन्न आश्रमको ब्यबस्था सहित सामाजिक सुरक्षा भत्ता रकम बढाउनु पर्ने शर्माले बताए ।

उद्घाटन कार्यक्रम जेष्ठ नागरिक ९६ बर्सिया देबि दर्जी लाई शर्माले दोसल्ला ओढाएर र बिशिष्ट अतिथि दिल कुमारि पुनले बलाङ्गेट प्रदान गरेर उद्घाटन गरेका थिए ।

त्यस्तै कार्यक्रममा बरेङ गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत बैकुण्ठ पौडेल अहिले राज्यले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता अपुग भयको भन्दै स्थानीय निकायले पनि जेष्ठ नागरिकका समस्या बुझेर उनिहरुलाइ सहयोग गर्नुपर्ने बताए ।

उपाध्यक्ष दिल कुमारी पुनले बरेङ गाउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम मात्र नभएर महिला, बालबालिका, लगायत सबै बर्ग लछित कार्यक्रम गर्ने बताइन ।

कार्यक्रममा ५जना विशिष्ट जेष्ठ नागरिक ९० बर्सिय मनरुपा कामी, ८६ बर्सिया जङ बहादुर खत्री ,८५ बर्सका टेक बहादुर दर्जी, ८४ बर्सिय किस्न कला खत्री ,लाई बलाङेट र १ हजारले सम्मान गरिएको थियो ।

त्यस्तै सामन्य जेष्ठ नागरिक बर्स ८५ का भुमिस्वर शर्मा , बर्स ८४ का कुल बहादुर खत्री ,बर्स ८५ का देउरुपा खत्री ,बर्स ८८ का सरस्वती शर्मा ,बर्स ८३ का भुमा खत्री ,बर्स ८१ का हिरा बहादुर खत्री ,र बर्स ८५ का गङ्गाराम जैसी लाई दोसल्ला को साथमा नगद रु १हजार प्रदान गरिएको छ ।

कार्यक्रममा आफ्न्त कोही नभएका एकल बृद अगन बहादुर घर्ती लाई रु ५ हजारले सम्मान गरिएको थियो ।

सल्यान सुखौरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले समेत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता बरेङ गाँउपालिका वडा नं. ४ का अध्यक्ष लिल बहादुर खत्रीले गरेका थिए भने कार्यक्रम वडा सचीव तम बहादुर खत्री स्वागत मन्तव्य र बरेङ गाँउपालिकाका लेखापाल पदम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्मान कार्यक्रमलाई गाँउपालिकाका अन्य वडाहरुमा क्रमश यहि कार्तिक १५ गते वडा नं. ५ सुखौरा, १६ गते वडा नं. १ धुल्लुबाँस्कोट, १७ गते वडा नं. २ हुग्दिशिर र १८ गते वडा नं. ३ बाटाकाचौरमा सञ्चालन गरिने अध्यक्ष कृष्ण प्रसाद शर्माले रेडियो बिहानीलाई जानाकारि दिए । 

« जनचेतना युवा क्लब काउलेचौरको १९औं बार्षिकोत्सब सम्पन्न । «

» धुल्लुबाँस्कोट भिउडाँडाको एक गोठमा भरखरै आगलागी । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal