दर्ता. न‌: २४५/०६५/०६६

रा ज मो कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु

दिपेन्द्र परियार १० बैशाख २०८० । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु भएको छ 

सम्मेलनको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले ब्यानर पढेर उद्धघाटन गर्नुभयो ।

उद्धघाटन पछि बोल्दै क्षेत्रीले राष्ट्रिय जनमोर्चा सधै राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै जनताको मुद्धा बोकेर हिड्ने नेपालको एकमात्रै पार्टि रहेको बताउदै,समृद्ध नेपाल निर्माण गर्न सबै नागरिकहरुलाई राजमोमा आबद्ध हुन आग्रह गर्नुभयो । 

ठुला राजनैतिक पार्टिहरुले भारत ,अमेरिका लगाएतका देशहरु सँग गरेका असमान सन्धि सम्झौता,र संघियताका कारण देशमा आर्थिक संकट आईपरेको भन्दै देशलाई एमाले ,नेपाली काँग्रेस,र माओबादिले गलत बाटोमा लगेको बताउनु भयो । देशको बिकास र समृद्धिका लागी नेपालबाट संघियता फाल्न जरुरी रहेको उहाँको जिकिर थियो 

राजमो केन्द्रिय सदस्य गुमानसिंङ पुनले रबिलामिछाने साम्राज्यबादको एजेन्ट भएको बताउनु भयो । 

राष्ट्रिता र गणतन्त्रको रक्षा गरौ संघियता खारेज गरौ भन्ने मुल नारा सहित आईतबार सम्मेलन सम्पन्न हुन गैरहेको छ ।

उद्धघाटन कार्यक्रम राजमो कालिगण्डकी गाँउपालिकाका अध्यक्ष गंगा के.सीको अध्यक्षता , राजमो कालिगण्डकी गाँउपालिकाका सदस्य पुर्ण बहादुर थापाको स्वागत, राजमो कालिगण्डकी गाँउपालिकाका सचिब घनस्याम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङको सल्यानमा पिकअप जिप दुर्घटनाहुँदा ५ जना घाईते,२ जनाको अबस्था गम्भिर «

» राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम सम्मेलन सम्पन्न ः अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal