दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु

भुमा मगर 

१८ बैशाख २०८० ।बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु भएकोे छ ।

प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले व्यानर पढेर तालिमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

तालिम अवधिभर स्ट्यान्ड फोर्ड मन्टेश्वरी टिचर टे«निङ सेन्टर काठमाडौंका प्रशिक्षक द्धय प्रेमकुमारी  कार्कि र दुर्गा कार्किले प्रशिक्षण दिने शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो ।

उँहाका अनुसार तालिमको पहिलो दिन सोमबार २७ जना वाल सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

तालिमले विद्यालय शिक्षाको आधारशिला रहेको प्रारम्भिक वालशिक्षाका सहजकर्ताहरुको क्षमता अभिवृद्धि गरी गुणस्तर कायम गर्ने अपेक्षा लिइएको शिक्षा अधिकृत शर्माले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्रविधिक सहायक विष्णु प्रसाद शर्माले गर्नुभएको थियो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को निति, कार्यक्रम र वार्षिक योजना अनुरुप विद्यालय शिक्षाको आधारशिला रहेको प्रारम्भिक वालविकास केन्द्रहरुलाई थप गुणस्तिरिय बनाउनको लागी बालविकास सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने भएकाले तालिमको  आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

« राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम सम्मेलन सम्पन्न ः अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन «

» जैमिनिको अर्जेवामा डोको नाङलो बुन्ने तथा बुटिक तालिम सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal