दर्ता. न‌: २४५/०६५/०६६

जैमिनिको अर्जेवामा डोको नाङलो बुन्ने तथा बुटिक तालिम सुरु

दिपेन्द्र परियार 

१८ बैशाख २०८० ।जैमिनि नगरपालिका वडा न ६ अर्जेवामा सल तथा पछ्यौरामा बुट्टा भर्ने तालिम आईतबार देखि सुरु भएको छ ।

४५ दिने डोको नाङलो बुन्ने तथा ३० दिने बुट्टा भर्ने तालिममा डोको नाङलोमा १२ जना र बुट्टा भर्नेमा २१ जना गरि कुल ३३ जना सहभागी रहेका लघुउद्यम विकास शाखा प्रमुख मन बहादुर रानाले बताउनुभयो ।

तालिमले परम्परागत सिप र पेशाको संरक्षण तथा पुस्तान्तरण गर्दै व्यवसायी बनेर आत्मनिर्भर हुन मद्त पुग्ने अपेक्षा लिईएको छ ।

तालिमको उद्धघाटन गर्दै जैमिनि नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले गाँउघरमा खेर गैरहेका बाँस लाई प्रयोग गरेर निर्माण गरिने सामाग्रीको माग  देश तथा विदेशमा समेत अत्याधिक रहेकाले ग्रामिण भेगमा बसोबास गर्ने नागरिकको आयआर्जनको बलियो स्रोत बन्ने बताउनु भयो । जन्म देखि मृत्यु सम्म आवस्यक पर्ने बाँस बहुउपयोगि वनस्पती भएको भन्दै बाँसबाट दैनिक जिवनमा आवस्यक पर्ने हरेक सामाग्रीहरु निर्माण गर्न सकिने बताउनुभयो ।

जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले नगरपालिका मार्फत सञ्चालन भैरहेको तालिमले ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमशील र उद्यमी बनाउदै स्वरोजगार तर्फ उन्मुख बनाउन प्रेरित गरेको बताउनुभयो ।

उद्यमीहरुले उत्पादन गरेका सामाग्री नगरपालिकामा मात्रै सिमित नगरिकन देश तथा विदेशमा समेत निर्यात गर्न नगरपालिकाले सहजिकरण गरिदिने बताउनुभयो । 

तालिमले लोप हुँदै गैरहेको परम्परागत सिपको संरक्षण गर्दै  स्वरोजगार बन्न महत्वपुर्ण सहयोग पुर्याउने सहभागिले अपेक्षा गरेका छन ।

उद्घाटन कार्यक्रम जैमिनि नगरपालिका वडा न ६ का वडा अध्यक्ष कृष्ण थापाको अध्यक्षता,सहभागि लालमाया पुन थापाको स्वागत र लघु उद्यम विकास शाखा प्रमुख मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु «

» बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal