बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन
भुमा मगर
२० वैशाख २०८० ।बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन गरिएको छ ।
एक संक्षिप्त कार्यक्रमका बिच कक्षा १० का छात्र नारायण बुढाथोकिको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब गठन गरिएको हो ।
जसको उपाध्यक्षमा कक्षा ९ कि छात्रा नरमजा बोहोरा,सचिवमा कक्षा १० कि छात्रा निकिता खनाल,कोषाध्यक्षमा कक्षा ९ का छात्र मिलन थापा र सहसचिवमा कक्षा ८ का छात्र सामु बोहोरा सहित अन्य १० जना सदस्यसहितको बालक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेलले जानकारी दिनुभयो ।
बरेङ गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता तुफान पुन,रोजगार सहायक महिला बालबालिका जेष्ठ नागरिक शाखा संयोजक सुक्मित घर्ती मगर पुन र बरेङ गाउपालिका वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको विशेष उपस्थितिमा बाल क्लव गठन गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्याल र गाउँपालिकाका प्रवक्ता तुफान पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन रोजगार सहायक सुक्मित घर्ती मगर पुनले सञ्चालन गर्नुभएको थियो ।
« जैमिनिको अर्जेवामा डोको नाङलो बुन्ने तथा बुटिक तालिम सुरु «
» शारदा मावि बरेङ–३ बाटाकाचौरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरियो »







