दर्ता. न‌: २४५/०६५/०६६

शारदा मावि बरेङ–३ बाटाकाचौरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरियो

भुमा मगर 

२१ वैशाख २०८० ।शारदा माध्यमिक विद्यालय बरेङ  गाउँपालिका ३ बाटाकाचौरमा विहिबार कक्षा ११ को आयोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षक चेतनाथ पौडेल, शिक्षक रामचन्द्र वि.क, शिक्षक मेघराज चालिसे र कक्षा ११ का छात्र जीवन ज्ञवालीले शुभकामना संगै विदाई मन्तव्य र कक्षा १२ कि छात्रा ममता कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कक्षा ११ को तर्फबाट कक्षा १२ का विद्यार्थीहरुलाई टिका , माला तथा मायाको चिनो प्रदान गरिएको थियो । कक्षा १२ का विद्यार्थीहरुले पनि विद्यालयलाई मायाको चिनो प्रदान गरेका शिक्षक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमकै विच कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकोे शिक्षक शर्माले जानकारी दिनुभयो ।

« बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन «

» सर्वोदय मावि बरेङमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal