सर्वोदय मावि बरेङमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न
भुमा मगर
२१ वैशाख २०८० ।सर्वोदय माध्यमिक विद्यालय बरेङमा कक्षा ११ र विद्यालयको संयुक्त आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई विहिबार विदाई गरिएको छ ।
कार्यक्रममा कक्षा ११ का तर्फबाट शुभकामना एवम विदाई मन्तव्य छात्र विक्रम पुन र छात्रा धनमाया थापा तथा कक्षा १२ को तर्फबाट धन्यवाद मन्तव्य छात्रा कला शर्मा र छात्र दिलिप थापाले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम विद्यालयका प्रधानाध्यापक चित्र थापाले पौराणिक पात्र अर्जुनको उदाहरण दिंदै विद्यार्थीको पठनपाठनमा अर्जुन दृष्टि हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै,कार्यक्रमका अतिथि एवम सर्वोदय क्याम्पस बरेङका प्रध्यापक कृष्ण आचार्यले विद्यार्थीले पठनपाठनको साथसाथै शैक्षिक प्रगतिको लागी अनुशासित चरित्र निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई फुलमाला तथा अविर लगाइदिएर विदाई गरिएको थियो ।
प्रधानाध्यापक चित्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता +२ संयोजक एवम संचार संयोजक प्रशान्त शर्माले गर्नुभएको थियो भने संचालन व्यवस्थापन संकायका कक्षा ११ का छात्र प्रदिप थापाले गर्नुभएको थियो ।
कार्यक्रमका विच दोश्रो सेमेस्टर परिक्षाको पुरस्कार वितरण साथै रेडियो विहानी क्वीजमा भाग लिने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।
« शारदा मावि बरेङ–३ बाटाकाचौरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरियो «
» बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न »







