दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न

भुमा मगर 

२३ वैशाख २०८० ।बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी सोमबारदेखि शुरु भएको ५ दिने क्षमता विकास अभिवृद्धि तालिम शुक्रबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोे छ ।

कार्यक्रमका अध्यक्ष एवम बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले कार्यक्रममा बोल्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिने बताउनुभयो साथै उँहाले प्राथमिक शिक्षा विद्यालय शिक्षाकै जग हुने भएकाले बालविकास सहजकर्ताहरुको विशेष महत्व हुने र उनिहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै बरेङ गाउपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन ,प्रमुख प्रशासकिय अधिकृत जित बहादुर राना, वडा नं. २ का वडा अध्यक्ष हिरा बहादुर घर्ति, सामाजिक विकास समितिका संयोजक तुफान पुन र शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले  तालिममा सिकेका कुराहरुलाई कक्षा कोठामा प्रयोग गर्न सवै बालविकास सहजकर्ताहरुलाई सुझाव दिनुभएको थियो ।

त्यस्तै ,प्रशिक्षकका तर्फबाट प्रेम कुमारी कार्कि तथा सहभागीका तर्फबाट सिर्जना प्राथमिक विद्यालयकि बालविकास सहजकर्ता नृपा छन्त्यालले आफ्नो भनाई राख्नुभएको थियो । तालिम अत्यान्तै प्रभावकारी रहेको बालविकास सहजकर्ता छन्त्यालले  बताउनुभयो ।

तालिम अवधिभर स्ट्यान्ड फोर्ड मन्टेश्वरी टिचर टे«निङ सेन्टर काठमाडौंका प्रशिक्षक द्धय प्रेमकुमारी कार्कि र दुर्गा कार्किले प्रशिक्षण दिनुभएको शिक्षा अधिकृत सुर्य पूसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को निति, कार्यक्रम र वार्षिक योजना अनुरुप विद्यालय शिक्षाको आधारशिला रहेको प्रारम्भिक वालविकास केन्द्रहरुलाई थप गुणस्तरिय बनाउनको लागी बालविकास सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने भएकाले तालिमको  आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

« सर्वोदय मावि बरेङमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न «

» विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal