विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन
दिपेन्द्र परियार २५ बैशाख २०८० । मे ८ तारिखको दिन आज विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन गरिएको छ ।
बाग्लुङको बरेङ ३ बाटाकाचौरमा रहेको सारदा माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सन्तोस थापाको अध्यक्षतामा १९ सदस्यीय जुनियर रेडक्रस सर्कलको गठन गरिएको हो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालको अध्यक्षता, शिक्षक मेघराज चालिसेको स्वागत मन्तव्य , तथा शिक्षिका कल्पना खत्रीको सन्चालनमा सन्चालन भएको थियो ।
कार्यक्रमले विद्यार्थीहरुलाई नेतृत्व र सेवाभावको विकास गराई सामाजिकिकरण र पठनपाठनमा समेत थप टेवा पुग्ने अपेक्षा गरेको शिक्षक कृष्णप्रसाद शर्माले जानकारी गराउनु भयो ।
« बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न «







