कुवेतमा भिङगिठेका मृतक कपिल घर्तीका परिवारलाई ६४ हजार आर्थिक संकलन
सेवा नै धर्म हो भन्ने सोँचका साथ बागलुङ जिल्ला बडीगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेका युवाहरुले कुवेतमा मृत्यु भएका कपिल घर्तिका परिवारलाई आर्थिक संकलन सुरु गरेका छन । कुवेतमा रहेका नेपालीहरुले मृतक घर्तिको छोरीको पढाई र उपाचर खर्चका लागी रकम संकलन अभियान सुरु गरेका हुन ।
रोजगारीका लागी कुवेतमा रहेका नेपालीहरुले सामाजिक संजालबाट सुरु गरेको अभियानमा अहिले सम्म ६४ हजार ३ सय ८५ रुपैया संकलन गरेको बताएको छ ।
मृतक घर्ति बिगत ३ बर्ष देखी कुवेतमा रोजगारीका लागी गएका थिए गत साउन ४ गते समुन्द्रमा डुवी उनको मृत्यु भएको थियो । अभियान अझै जारी रहेकाले मृतक घर्तिको परिवारलाई सहयोग गर्ने आर्थिक संकलन अभियानले अपिल गरेका छन ।
« बागलुङमा सेयर लगानीकर्ताको उत्साह बढ्यो, तीन महिनामा एघार करोडको कारोबार «