धुल्लुबाँस्कोट भिउडाँडाको एक गोठमा भरखरै आगलागी ।
१५ कार्तिक २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ धुल्लुबाँस्कोटको भिउडाँडा स्थित एक गोठमा आगलागी भएको छ । भर्खरै मध्यान्ह सवा १२ बजे लागेको आगोले ५ मिनेटमै गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
स्थानिय तुल बहादुर थापाको गोठमा आगलागी भएको हो । थापाले घरभित्र खाना खान लागेका बेला थापाकै २ बच्चाले लाईटर द्वारा गोठमा रहेको खरमा आगो सल्काएको बताईएको छ ।
आगलागीबाट भर्खर काटेर गोठमा चाजिएको सम्पुर्ण खर सहित गोठमा पुर्ण रुपमा क्षति पुगेको छ भने, कुनै पशुचौपाया तथा मानबिय क्षति भने नभएको उद्दारका लागि गएका टिकेश गलामीले बताएका छन् । अहिले उद्दारकार्य भैरहेको छ भने घटना बरे थप बिवरण आउन बाँकी रहेको छ ।
« बरेङ गाँउपालिका द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुरु ! «
» देउराली–भित्रिबन–सल्यान मोटरबाटोको स्तरोन्नती हुँदै, गाउँपालिका द्वारा अनुगमन »