दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा बिशेषज्ञ निशुल्क बृहत स्वास्थ्य सिबिर हुदै

दिपेन्द्र परियार २५ बैशाख २०८० । बरेङ गाँउपालिकाले नागरिकलाई स्वास्थ्यमा सरल पहुँच पु¥याउन निशुल्क बृहत स्वास्थ्य सिबिर सञ्चालन गर्न लागेको छ ।

यही बैशाख महिनाको ३० गते शनिबार बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयमा सञ्चालन हुने सिबिरबाट बिभिन्न रोग बिशेसज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने छन ।

बिशेष गरि बिभिन्न कारणवस बिशेषज्ञमार्फत स्वास्थ्य सेवा लिनबाट बञ्चीत रहेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य समस्यालाई मध्येनजर राख्दै सिबिरको आयोजना गरिएको बरेङ गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन ले बताउनु भयो । सिबिरबाट पेट छाति तथा सुगर रोग बिशेषज्ञ,मुटु तथा थाईराईड रोग बिशेषज्ञ,हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ ,नाक कान घाँटी रोग बिशेषज्ञ, बरिष्ठ सर्जन, वरिष्ठ रेडियोजोलिष्ट भिडियो एक्सरे,स्त्री तथा महिला रोग बिशेषज्ञ, मेडिकल अफिसर ले निशुल्क सेवा प्रदान गर्ने छन ।

निशुल्क सेवा प्रदान गरिने सिबिरमार्फत स्वास्थ्य लाभ लिनुहुन बरेङ गाँउपालिकाले सबै नागरिकलाई अनुरोध गरेको छ ।

« विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन «

» सर्वोदय माध्यमिक विद्यालय बरेङको शैक्षिक भ्रमण कार्यक्रम विहिबार सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal