सर्वोदय माध्यमिक विद्यालय बरेङको शैक्षिक भ्रमण कार्यक्रम विहिबार सम्पन्न
भुमा मगर
२९ वैशाख २०८० ।सर्वोदय माध्यमिक विद्यालय बरेङले आफ्नो शैक्षिक भ्रमण कार्यक्रम विहिबार सम्पन्न गरेको छ ।
विद्यालयले बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा शैक्षिक अवलोकन भ्रमण विद्यालयको रुपमा छनौट गरी विद्यालय भ्रमण गरेको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुन ,प्रधानाध्यापक चित्र थापा ,शिक्षक अभिभावक संघका अध्यक्ष ओमकार आचार्य शिक्षकहरु गम थापा,गिरि बहादुर पुन,दिपा राना,मिलन थापा लगायतको समुहले ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरको भौतिक, शैक्षिक लगायत समग्र पक्षको विषयमा अध्ययन अवलोकन गरिएको विद्यालयका सुचना अधिकारी प्रशान्त शर्माले जानकारी दिनुभयो ।
यसैविच, आफुहरुको विद्यालयलाई शैक्षिक अवलोकन भ्रमणको विद्यालयको रुपमा छनौट गरी भ्रमण गरिदिएकोमा ज्ञानोदय आधारभुत विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
« बरेङमा बिशेषज्ञ निशुल्क बृहत स्वास्थ्य सिबिर हुदै «
» पुरुषोेदय मावि बरेङमा नयाँ शैक्षिक सत्रका लागी विविध विधामा विद्यार्थीहरुको समिति गठन »







