दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय मावि बरेङले सुरु गर्यो कम्प्युटर कक्षा र पाक शिक्षा,आट्स अन्तर्गतको कक्षा जेठ ७ गतेबाट सञ्चालन हुने ।

भुमा मगर 

०३ जेठ २०८० ।बरेङ गाउँपालिकाको नमुना विद्यालयका रुपमा छनौट भएको सर्वोदय माध्यमिक विद्यालय बरेङले कम्प्युटर कक्षा र पाक शिक्षा सञ्चालन गरेको छ ।

बरेङ गाउँपालिका गाउँ कार्यपालिकाको आर्थिक वर्ष २०७९।८० को शिक्षा तर्फको निति तथा योजना कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा हासिल गरी सर्वोदय मावि बरेङ छनौटमा परेको हो ।

नमुना विद्यालय कार्यक्रम अन्तरगत कम्प्युटर शिक्षा,पाक शिक्षा र आट्स विधामा विद्यार्थीहरुलाई सिप सिकाइने विद्यालका प्रधानाध्यापक चित्र थापाले जानकारी दिनुभयो ।

कम्प्युटर शिक्षा,पाक शिक्षा अन्तर्गतको कक्षा सञ्चालन भैसकेको र आट्स अन्तर्गतको कक्षा यहि जेठ ७ गते बाट सञ्चालन हुने प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

पाक शिक्षा अन्तर्गत विद्यार्थीहरुलाई चाउमिन,समोसा,नमकिन,रोटी,पुरी,पकौडा आलु चिप्स लगायतका परिकारहरु साथै अण्डा र मासुबाट बन्ने परिकारहरु बनाउन सिकाइने उँहाले बताउनुभयो ।

यस कार्यक्रमबाट विद्यार्थीहरुले सैद्धान्तिक शिक्षाको अतिरिक्त हाम्रा परम्परागत मौलिक सिपका साथै व्यावहारिक र प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने र यस कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा १० लाख रुपैंया वजेट विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले बताउनुभयो ।

« पुरुषोेदय मावि बरेङमा नयाँ शैक्षिक सत्रका लागी विविध विधामा विद्यार्थीहरुको समिति गठन «

» बरेङ गाउँपालिकाद्धारा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal