दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाद्धारा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन

भुमा मगर

०३ जेठ २०८० ।बरेङ गाउँपालिकाले निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिरहेको छ । 

सोमबारदेखि गाउँपालिकाको सभाहलमा विहान ७ बजेदेखि ९ बजेसम्म तालिम सञ्चालन भइरहेको हो । तालिम एक महिना सम्म चल्नेछ । 

बरेङ गाउँपािलका भित्रका महिला दलित,आदिवासी जनजाती,अपाङ्ग र आर्थिक तथा सामाजिक रुपमा पिछाडीएको वर्गलाई विशेष प्राथमिकतामा राखी तालिम सञ्चालन गरिएको हो ।

तालिमको आज तेस्रो दिन १३ जनाको सहभागिता रहेको र सहभागी अझै बढ्ने गाउँपालिकाका शिक्षा अधिकृृत सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

लोकसेवा तयारी कक्षा कार्यतालिका अन्तर्गत राजपत्र अनंकित द्धितिय(खरिदार) वा सो सरहको पाठ्क्रम छलफल तथा उत्प्रेरणा कक्षाका लागी एक दिन,सौर्यमण्डल,विश्वको भुगोल र नेपालको भुगोल संबन्धि कक्षा ३ दिन,इतिहाँस (विश्वको र नेपालको) सबंन्धि कक्षाका लागी ४ दिन, नेपालको सामाजिक, आर्थिक अवस्था र शासन पद्धतिको कक्षा ५ दिन,विज्ञान प्रविधि,जनस्वास्थ्य र वातावरण सबंन्धि कक्षा ४ दिन,अन्तराष्ट्रिय सम्बन्ध र समसामयिक विषयवस्तुमा ३ दिन, आधारभुत कार्यालय सीप परीक्षण वा बौद्धिक परीक्षणका लागी ७ दिन र अभ्यास परीक्षा र पृष्ठपोषणका लागी ३ दिनको समयावधि तोकिएको छ ।

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम अन्तर्गत निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

« सर्वोदय मावि बरेङले सुरु गर्यो कम्प्युटर कक्षा र पाक शिक्षा,आट्स अन्तर्गतको कक्षा जेठ ७ गतेबाट सञ्चालन हुने । «

» बरेङका बालविकास केन्द्रहरूमा स्मार्ट टिभी जडान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal