दर्ता. न‌: २४५/०६५/०६६

भृकुटी माध्यमिक विद्यालय बरेङ–२ काफलबोटको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

भुमा मगर

०५ जेठ २०८० ।भृकुटी माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ काफलबोटको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

मङ्गलबार देखि सुरु गरिएको वार्षिकोत्सब तथा अभिभावक दिवसको आज शुक्रबार कार्यक्रमका विशिष्ट अतिथि बरेङ गाउँपालिका वडा नं २ का वडाध्यक्ष हिरा बहादुर घर्तिले  मुल समारोहको उद्घाटन  गर्नुभएको हो ।

वडाध्यक्ष घर्तिले सरस्वती देविको तस्विरमा अविर लगाएर र मैन बत्ती बालेर समारोहको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष घर्तिले विद्यालयको वार्षिकोत्सब आयोजना गरी सम्पन्न गर्र्ने विद्यालय व्यवस्थापन समिति,शिक्षक कर्मचारी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमको आयोजना गर्न सुझाव दिनुभयो ।

कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना, सामाजिक विकास समितिका संयोजक तुफान पुन, प्राविधिक सहायक विष्णु प्रसाद शर्मा,वडा नं २ का वडाध्यक्ष हिरा बहादुर घर्ति,वडा नं २ का वडा सचिव यम थापा र विद्यालयका प्रधानाध्यापक रुपनारायण शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बरेङ गाउँपालिकाका सामाजिक विकास संयोजक तुफान पुनले अभिभावकहरुले आफ्नो बालबालिकालाइ जहिलेपनि सकारात्मक कुरा सिकाउनु पर्ने  बताउँदै शिक्षक, अभिभावक र सञ्चालक समितिको संयुक्त  प्रयासमा मात्र विद्यालयलाइ सबल र सक्षम बनाउन सकिने कुरामा जोड दिनुभयो ।

मुल समारोहका विच विद्यालयका प्रधानाध्यापक रुपनारायण शर्माले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

विद्यालयको वार्षिकोत्सबका अवसरमा पहिलो दिन र दोस्रो दिन अन्तरसदनात्मक छात्रछात्रा भलिबल प्रतियोगिता,१००० मिटर छात्रछात्रा दौड प्रतियोगिता,४०० मिटर छात्रछात्रा दौड प्रतियोगिता छात्रछात्रा २०० मिटर रिले दौड,कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुका लागी हिसाव दौड प्रतियोगिता,कक्षा ४ र ५ का लागी हिज्जे प्रतियोगिता,कक्षा ६ देखि ८ सम्मका लागी मेमोरी पावर प्रतियोगिता,कक्षा १ देखि ३ सम्मका लागी स्वीट जम्प,छात्रछात्रा लङ जम्प,त्रिपल जम्प,हाइजम्प,सटफुट,ज्याभलिङ थ्रो,वक्तृत्व कला र खुल्ला गायन प्रतियोगिता सम्पन्न भएका विद्यालयका शिक्षक गोपाल केसीले जानकारी दिनुभयो ।

शुक्रबार अन्तरसदनात्मक अन्ताक्षरि प्रतियोगिता र अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता,महिला कुर्सि दौड प्रतियेगिता र मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तर्गत पुरुषोदय माध्यमिक विद्यालय र आयोजक भृकुटि माध्यमिक विद्यालय विच प्रतिस्पर्धा भएकोमा आयोजक टिम विजेता बनेको हो । त्यस्तै हाजिरीजवाफ प्रतियोगितामा आयोजक भृकुटि मावि ए प्रथम,भृकुटि मावि वि द्धितिय र सर्वोदय मावि ए तृतिय बनेको विद्यालयका प्रधानाध्यापक रुपनारायण शर्माले जानकारी दिनुभयो ।

मुलसमारोहका दिन वार्षिकोत्सवको अवसरमा आयोजित विविध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्री को अध्यक्षता,सहायक प्रधानाध्यापक लिलाधर पौडेलको स्वागत र विद्यालयका शिक्षक विष्णु बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बरेङ गाउँपालिकाका जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी बरेङ गाउँपालिका  भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

« बरेङका बालविकास केन्द्रहरूमा स्मार्ट टिभी जडान «

» शारदा माध्यमिक विद्यालय बाटाकाचौरमा सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal