दर्ता. न‌: २४५/०६५/०६६

शारदा माध्यमिक विद्यालय बाटाकाचौरमा सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न

भुमा मगर 

०६ जेठ २०८० ।बरेङ गाउँपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसि बागलुङ द्वारा आयोजित सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण विद्यालयको कक्षा ६ देखी ११ सम्मका छात्राहरुका वीच सञ्चालन गरिएको विद्यालयका शिक्षक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो भने अ.न.मि. शान्ति भण्डारी र अहेव मैना दर्जीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमले किशोरावस्थाका छात्राहरुलाई सेनेटरी प्याडको प्रयोग र व्यवस्थापनमा सहयोग पुग्नुका साथै छात्राहरुलाई महिनावारीको समयमा सरसफाई सम्बन्धी थप ज्ञान हाँसिल गर्न सहयोग पुग्ने अपेक्षा रहेको शिक्षक कृष्णप्रसाद शर्माले जानकारी गराउनु भयो ।

« भृकुटी माध्यमिक विद्यालय बरेङ–२ काफलबोटको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न «

» बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखियो,,,,सर्तकता अपनाउन शाखा प्रमुखको सुझाव »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal