दर्ता. न‌: २४५/०६५/०६६

देउराली–भित्रिबन–सल्यान मोटरबाटोको स्तरोन्नती हुँदै, गाउँपालिका द्वारा अनुगमन

डम्मर बुढा मगर, बरेङ (सुखौरा) । १५ कार्तिक २०७५ । बरेङ गाउँपालिकाले देउराली–भित्रिबन–सल्यानमोटरबाटोको स्तरोन्नती भइरहेको कार्यको अनुमगन गरेको छ । अहिले यस सडकको भित्रिबन क्षेत्रमा सडक फराकीलो गराउने कार्य भइरहेको छ ।

मोटरबाटो स्तरोन्तीको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । बरेङ गाउँपालिका–४ सल्यान र वडा नम्बर ५ सुखौराका जनता बागलुङ सदरमुकाम सहताको साथ पुग्नको लागि यो सडकले उपयुक्त हुने अध्यक्ष शर्माले बताए ।

दुरीको हिसाबले बरेङ सिगान हुँदै सदरमुकाम बागलुङबजारपुग्न नजिक र छिटो हुने भए पनि त्यो सडक व्यवस्थित नहुँदा यात्रा गर्न कठिन हुने शर्माकोे भनाई छ ।दुरीको हिसाबले देउराली–भित्रिबन–सल्यान सडक लामो भए पनि १९ किलोमिटर तल मध्य पहाडी लोक मार्ग भेटिने हुँदा यो सडकमा यात्रा गर्न सहज हुने वडा नम्बर ५ का अध्यक्ष अम्मर बहादुर सेर्पुजाले बताए । 

यो सडक सुखौरादेखि सदरमुकाम बागलुङकरिब ६० किलोमिटर रहेको छ ।सडकको बिहिबार गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष डिल कुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल, लेखा प्रमुख पदम बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष अम्मर बहादुर सेर्पुजा, सभइन्जिनियर जुद्द पुन र योजना शाखा प्रमुख  मिलन राना श्रीसको टोलीले अनुगमन गरेको हो ।

« धुल्लुबाँस्कोट भिउडाँडाको एक गोठमा भरखरै आगलागी । «

» बरेङ गाउँपालिकाद्वारा सुखौराका जेष्ठ नागरिकलाई सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal