दर्ता. न‌: २४५/०६५/०६६

आगामी कार्ययोजना सम्बन्धी रोजगार सेवा केन्द्रद्वारा अन्तर्क्रिया, सेवा केन्द्रद्वारा पहिलो श्रम स्वीकृतको काम

आइतवार, जेष्ठ १४, २०८०  । रोजगार सेवा केन्द्र बरेङको आयोजनामा रोजगार संवाद मञ्च तथा आगामी कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता सुरु भएको अन्तरक्रिया कार्यक्रम आइतवार पालिकाको सभाहलमा सम्पन्न भएको हो । 

अन्तर्क्रिया कार्यक्रम पूर्व  पालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीद्वारा हालसम्म सञ्चालन भएका कार्यक्रम, खर्च र बेरोजगारले पाएको रोजगारको विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्थानीय तहले रोजगारको हकको प्रभावकारी कार्यान्वयन गर्न, रोजगारको अवसरको पहिचान गर्न, रोजगार सम्वन्धी समस्याको समाधान गर्न, रोजगार क्षेत्रमा नविनतम उपाय र विधिको पहिचान गर्न, रोजगारदातासंग प्रत्यक्ष सम्वन्ध विस्तार तथा सहकार्य गर्न र स्थानीय स्तरमा रोजगार प्रवर्धनका लागी आवश्यक नीति वजेट र कार्यत्रमको निर्माण गर्ने विषयमा पालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, वुद्धिजिवी तथा पत्रकारहरु बिच छलफल तथा सुझाव सङ्कलन गरी स्थानीय तहलाई सुझाव दिने निर्णय गरिएको छ।

छलफलमा पुरुषोदय मा‍.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजंग श्रीस, भृकुटी मा.वि. प्रधानाध्यापक रुप नारायण शर्मा, शारदा मा.वि.का प्रधानाध्यापक दुर्गा प्रसाद शर्मा, युवा उद्यमी हिरा बहादुर पुन, प्रभु बैंक बरेङ शाखाका प्रवन्धक प्रशान्त शर्मा, वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर खनाल, समाज सेवी दुर्गा बहादुर थापा, ग्रामिण जनसहभागिता विकास केन्द्रका अध्यक्ष चित्र बहादुर थापा तथा बरेङ गाउँपालिका प्रवक्ता तुफान पुन लगायतले अन्तरक्रिया कार्यक्रममा भाग लिदैं हालसम्म भएका कमि कमजोरी सुधार गर्नु पर्ने बताउँदै आ–आफ्ना राय टिपाएका थिए । पालिका ईन्जिनियर कृष्ण बहादुर थापाले रोजगार सेवा केन्द्र संघबाट परिचालित भए पनि स्थानीय तहसंग सहकार्य गर्दा केही कार्यविधिहरुले काममा असहज भएको बताएका थिए ।

कमि कमजोरी सुधार गर्नु पर्ने नीति तथा कार्यविधिहरु विषयमा छलफलमा आएका सुझावहरुको स्वागत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा नीति तथा कार्यविधिमा कानुनतह मेलखाने सुझावहरु गाउँ सभामा पेश गर्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष शर्माले रोजगार तर्फ छनौटको प्रक्रियामा राजनैतिक सिन्दुर नभिराईने र निश्पक्ष छनौट गर्ने संघको कार्यविधि अनुसार गरिएको बताए । छनौट नभएकाहरु पालिका भित्र भैरहेका योजनाहरुमा आवद्ध भएर काम गर्न उत्सुक नहुने बरु वैदेशिक रोजगार तिर नै हामफाल्ने गरेको बताए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, प्र्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत र रोजगार शाखा प्राविधिक कमल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै  बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रबाट अनलाइन श्रम सहजीकरण गरिएको पहिलो श्रम स्वीकृतिको आवेदन प्रमाणित भएको छ । यो सङ्गै उहाँले श्रम मन्त्रालय धाउन नपर्ने भएको छ ।

पालिकामा एक कार्यक्रमका बिच बरेङ गाउँपालिका वडा नं।२ हुग्दिशिर बराहकोटका नन्द बहादुर वि।क।को  श्रम  स्वीकृतको आवेदन पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना, रोजगार संयोजक केशवराज क्षेत्री र प्रविधिक कमल आचार्यले प्रथम पल्ट हस्ताण्तरण गरेका हुन् ।null

गाउँपालिकाका अन्य वैदेशिक रोजगार जाने युवायुवतीहरुले आगामी दिनहरुमा पुनस् श्रम स्वीकृत लिनुपरेमा अनलाइन आवेदन भरिदिने र स्वीकृतिका लागि सहजिकरण गरिदिने रोजगार संयोजक क्षेत्रीले बताएका छन् ।

« बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न,हिंसा न्यूनीकरण गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण «

» गणतन्त्र दिवसका अवसरमा बरेङका अभिभावकविहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal