गणतन्त्र दिवसका अवसरमा बरेङका अभिभावकविहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण
भुमा मगर
१५ जेठ २०८० ।आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बागलुङको बरेङ गाउँपालिकाले पनि अभिभावकविहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरी गणतन्त्र दिवस मनाएको छ ।
पालिकाले गणतन्त्र दिवसको अवसर पारेर २० जना अभिभावक विहिन,गरिब तथा विपन्न बालबालिकाहरुलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरिएको बरेङ गाउँपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।
बाँकी रहेका अन्य बालबालिकालाई क्रमश छात्रवृत्ति वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता र प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।
गाउँपालिकाका शिक्षा अधिकृत लगायत कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष शर्माले छात्रवृत्ति रकम विशुद्ध पठनपाठनमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो ।
बरेङ गाउँ शिक्षा समिति सदस्य तथा पुरुषोदय मा वि कि शिक्षिका याममाया के सी ले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । विद्यार्थीले आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रम अत्यन्तै राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।







