दर्ता. न‌: २४५/०६५/०६६

स्थानिय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल संबन्धि आंशिक प्रयोगकर्ताको लागी १ दिने तालिम बरेङ गाउँपालिकाको सभाहलमा सम्पन्न

भुमा मगर

१५ जेठ २०८० ।बागलुङको बरेङ गाउँपालिकामा स्थानिय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल संबन्धि आंशिक प्रयोगकर्ताको लागी १ दिने तालिम सम्पन्न भएको छ ।

आज सोमबार गाउँपालिकाको सभाहलमा पालिकाका ५ वटै वडाका वडा सचिवहरुलाई तालिम प्रदान गरिएकोे हो ।

हस्तलिखित रसिदको प्रयोग हटाउन र अनलाइनको प्रयोग गरी वडा कार्यालयमा राजस्व भौचर काटिने,वडा कार्यालयको सेवा प्रवाहलाई थप पारदर्शिता कायम गर्न र छिटो छरितो बनाउन सहयोग पुर्‍याउने हुनाले सबै वडा सचिवहरुलाई तालिम प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले जानकारी दिनुभयोे ।

कार्यक्रमको सहजिकरण गाउँपालिकाकि लेखा प्रमुख संगिता शर्माले गर्नुभएको थियो भने कार्यक्रमको महत्वबारे प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्रविधिक सहायक विष्णु प्रसाद शर्माले गर्नुभएको हो ।null

« गणतन्त्र दिवसका अवसरमा बरेङका अभिभावकविहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण «

» सर्वोदय मावि बरेङमा प्रदिप शर्माको अध्यक्षतामा बालक्लव गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal