दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय मावि बरेङमा प्रदिप शर्माको अध्यक्षतामा बालक्लव गठन

भुमा मगर 

१९ जेठ २०८० ।बरेङको सर्वोदय माध्यमिक विद्यालयमा शुक्रबार बालक्लव गठन गरिएको छ ।

कक्षा १० का छात्र प्रदिप शर्माको अध्यक्षतामा बालक्लव गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कक्षा ९ कि छात्रा पुजा थापा,सचिवमा कक्षा १० कि छात्रा सृजना थापा,सहसचिवमा कक्षा ८ का छात्र जीवन आचार्य,कोषाध्यक्षमा कक्षा १० कि छात्रा तारा गुरुङ,सहकोषाध्यक्षमा कक्षा ९ कि छात्रा सावित्रा थापा सदस्यहरुमा रिया पुन,अनुष्का के.सी.,सफल थापा,प्रवेश वि.क,दुर्गा बहिक, विनम्र पुन,विशाल गिरी,विविशा थापा र शिशिर थापा रहेका छन् ।

जसको संरक्षकमा विद्यालयका प्रधानाध्यापक चित्र थापा रहनुभएको छ भने सल्लाहकार समितिको संयोजकमा शिक्षक सविन थापा,सदस्यहरुमा शिक्षक गिरीबहादुर पुन,शिक्षिका दिपा राना, विद्यालयको जुनियर रेडक्रस सर्कल समितिका अध्यक्ष छात्र मौसम थापा र बरेङ गाउँपालिका–२ को बालक्लव समितिका अध्यक्ष आशिका थापा रहनुभएको विद्यालयका सुचना अधिकारी शिक्षक गम बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रम बारे विद्यालयका शिक्षक टोमनाथ शर्माले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष ओमकार आचार्यको अध्यक्षता,शिक्षिका हिमा थापा पुनको स्वागत र शिक्षक पुर्णभद्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

« स्थानिय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल संबन्धि आंशिक प्रयोगकर्ताको लागी १ दिने तालिम बरेङ गाउँपालिकाको सभाहलमा सम्पन्न «

» बागलुङको बरेङमा बजार अनुगमन,म्याद सकिएका खाद्यान्न नष्ट गरियो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal