बरेङ गाउँपालिकाद्वारा सुखौराका जेष्ठ नागरिकलाई सम्मान
दिपेन्द्र परियार, बरेङ(सुखौरा) । १५ कार्तिक २०७५ । बुधबारदेखि जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न थालेको बरेङ गाउँपालिकाले बिहिबार बरेङ गाउँपालिका–५ सुखौराका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ .
गाउँपालिकाले ५ जना विशिस्ठ जेष्ठ नागरिकलाई नगद १ हजार रुपैयाँ र बलाङ्केटले सम्मान गरेको हो । बलाङ्केट सहित सम्मानित हुनेमा ८१ वर्षीयजनक बहादुर थापा, ८२ वर्षीय झैरीलाल जैसी, ८२ वर्षीय पदमपाणी शर्मा, ८० वर्षीय दुरु कुमारी जैसी र ८० वर्षीय जनक बहादुरलाई सम्मान गरेको हो ।
त्यस्तै पालिकाले ११ जना सामान्य जेष्ठ नागरिकलाई समेत सम्मान गरेको हो । उनीहरुलाई नगद १ हजार र दोसल्लाले सम्मान गरिएको हो । ८२वर्षीय गंगा खत्री, ८० वर्षीय घनश्या शर्मा, ८१ वर्षीय टेक बहादुर खत्री, ८२ वर्षीय पबी, ९० वर्षीय नन्दकली पुन, ८५ वर्षीय चन्द्र बहादुर पुर्जा पुन,९० वर्षीय बल बहादुर थापा, ८० वर्षीय तिल कुमारी थापा, ८३ वर्षीय बशन्ती गुरुङ, ८३ वर्षीय भुमा पुर्जा पुन र ८० वर्षीय लाल बहादुर खत्री क्षेत्रीलाई सम्मन गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जेष्ठ नागरिक साझा सम्पत्ती भएको र उनीहरुको संरक्षण गर्नु पर्ने बताउँदै उनीहरुको सहल्ला सुझाबलाई मनन गर्दै अगाडि बढ्नु पर्ने बताए । जेष्ठ नागरिकले जस्तो अहिलेका नागरिकले दुख कष्ट भोग्न नपरेको बताए । अहिलेका नागरिकहरुलाई पहिले जस्तो दुख भोग्न नपर्ने गराउन जेष्ठ नागरिकहरुको ठूलो देन भएको बताए ।
कार्यक्रम बरेङ गाउँपालिकाकी उपाध्यक्ष डिल कुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल, समाजसेवीटिकाराम शर्मा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम बरेङ गाउँपालिका–५ का अध्यक्ष अम्मर बहादुर सेर्पुजाको अध्यक्षता र बरेङ गाउँपालिकाका लेखा प्रमुख पदम बहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।
त्यस्तै गाउँपालिकाले उपभोक्त समतिलाई अनुशिक्षण तालिम समेत दिएको छ ।प्रशिक्षण कार्यक्रममा उपभोक्त समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी गाउँपालिकाका प्रमुख प्रमुशासकीय अधिकृत बैकुण्ठ पौडेल र लेखा सम्बन्धी लेखा प्रमुख पदम बहादुर थापाले प्रशिक्षण दिएका हुन् । यो कार्यक्रम बुधबार सल्लयानमा पनि भएको थियो ।
« देउराली–भित्रिबन–सल्यान मोटरबाटोको स्तरोन्नती हुँदै, गाउँपालिका द्वारा अनुगमन «