दर्ता. न‌: २४५/०६५/०६६

बागलुङको बरेङमा बजार अनुगमन,म्याद सकिएका खाद्यान्न नष्ट गरियो

भुमा मगर

२० जेठ २०८० ।बागलुङको बरेङमा बजार अनुगमन गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले शनिबार बरेङ गाउँपालिकाको वडा नं. १ र २ को संगम स्थल बरेङ बजार अनुगमन गरेको हो । 

बरेङ गाउँपालिका वडा नं. १ र २ अन्तरगत पर्ने सातदोवाटो, ग्यालथुम्का, भाटीबजार, बरेङबजार लगाएतका स्थानहरुमा रहेका विभिन्न किसिमका पसल,होटल,रेष्टुरेन्ट,मेडिकल तथा उधोगहरुमा अनुगमन गर्दा ११ वटा खाद्य तथा किराना पसलहरुबाट म्याद नाघेका खाद्य बस्तुहरु फेला परेकोले म्याद गुज्रेका खाद्य वस्तुहरु बरेङ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक दिलिप कुमार पुनको रोहवरमा वडा नं. १ ठुलोडाँडा स्थित सार्वजनिक स्थलमा जलाई नष्ट गरिएको छ ।

म्याद गुर्जेका खाद्य वस्तुहरु कुरकुरे ४९ पोका, खाने तेल ९१ पोका, सुजी ३८ पोका, आलु चिप्स १३ पोका, म.म. मसला ८ पोका, भुजा २६ पोका, वेसन २३ पोका, पापड १ पोका, भेनेगर १ बोटल (९५०मिलि), क्रयाकर चिप्स ३९ पोका, फुरन दाना १० पोका, बिस्कुट ७ पोका, लालि चाउचाउ (पिरो) २० पोका, दालमोट १ पोका र काजु ३ पोका नष्ट गरिएको छ ।

अहिले पहिलोपटकको अनुगमन भएकाले आवश्यक प्रक्रिया पुरा गरी व्यवसाय सञ्चालन गर्न र म्याद नाघेका सामान बिक्रि नर्गन व्यवसायीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी बरालले सुझाव दिनुभएको छ । 

बरेङ बजारमा दर्ता प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका पसलहरु अनुगमनको समयमा बन्द रहेकोले दर्तामा रहेका व्यवसायीहरुले दर्तामा नरहेका पसलहरुलाई पनि कानूनी प्रक्रियामा ल्याउनु पर्ने गुनासो गरेका छन् । 

बरेङ बजारमा दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका धेरै पसलहरु  छन् भने पालिका स्तरीय अनुगमनमा सुझाव दिँदा पनि अटेर गर्ने व्यवसायीहरु पनि बरेङ बजारमा कमी छैन । दर्तामा रहेर पनि म्याद गुर्जेका खाद्य वस्तु उपभोक्ता सम्म पुग्दा स्वास्थमा असर पुग्ने हुनाले व्यवसायीहरुलाई म्याद गुर्जेका खाद्य वस्तु बिक्री बितरण नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी बरालले चेतावनी समेत दिनुभएको छ । 

दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका व्यवसायीहरुलाई दोस्रो पटकको अनुगमनमा पनि अटेर गरेमा जरिमाना सहित कानुनी प्रक्रियामा ल्याउने उँहाले बताउनु भएको छ । त्यस्तै केही प्रक्रिया नपुगेका सम्वेदनशिल क्षेत्रका पसलहरु आवश्यक कानूनी प्रक्रिया नपु¥याउन सम्म बन्द राख्न पनि उँहाले आग्रह गर्नुभएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नायब सुब्बा राम प्रसाद उपाध्याय, अर्जुन ढकाल,  बरेङ गाउँपालिकाका उपाध्यक्ष तथा पालिका अनुगमन समिति संयोजक दिलिप कुमार पुन, गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन, बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष डिलराज पुन, इलाका प्रहरी कार्यालय बरेङडाँडाका ईन्चार्ज प्रहरी निरिक्षक जनक राज रेग्मी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेस सदस्य तथा ईपरी न्युज डटकमका सह–सम्पादक प्रकाश छन्त्याल, पालिकाका कर्मचारी र पत्रकारहरुको उपस्थितिमा बरेङ बजार अनुगमन गरिएको हो ।

« सर्वोदय मावि बरेङमा प्रदिप शर्माको अध्यक्षतामा बालक्लव गठन «

» ज्ञानोदय आवि बाटाकाचौरमा विद्यालय सुधार योजना २०८० निर्माण कार्यशाला गोष्ठी सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal