दर्ता. न‌: २४५/०६५/०६६

ज्ञानोदय आवि बाटाकाचौरमा विद्यालय सुधार योजना २०८० निर्माण कार्यशाला गोष्ठी सम्पन्न

भुमा मगर 

२६ गते २०८० ।बागलुङको बरेङ गाउँपालिका वडा नं ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८०को विद्यालय सुधार योजना कार्यशाला गोष्ठी एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर खनालले विद्यालयको प्रगति प्रति प्रशंसा गर्दै आगामी दिनमा जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने आवस्यक सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। null

वडा अध्यक्ष शेर बहादुर खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता,शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर थापाको स्वागत र प्रधानाध्यापक मदन बहादुर कार्कीको सञ्चालन एवम् सहजीकरण र सरोकारवाला पक्षबीचको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो।

कार्यक्रमको अन्त्यमा उपस्थित सरोकावालाहरू सबैलाई विद्यालयका प्रधानाध्यापक कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

« बागलुङको बरेङमा बजार अनुगमन,म्याद सकिएका खाद्यान्न नष्ट गरियो «

» शारदा मावि किसिमकोटको ५८ औं वार्षिकोत्सव आज सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal