दर्ता. न‌: २४५/०६५/०६६

शारदा मावि किसिमकोटको ५८ औं वार्षिकोत्सव आज सम्पन्न

भुमा मगर

२६ जेठ २०८० ।शारदा माध्यमिक विद्यालय किसिमकोटको ५८ औं वार्षिकोत्सव आज शुक्रबार सम्पन्न भएको छ ।

शारदा माध्यमिक विद्यालय बरेङ गाउँपालिका–३ किसिमकोट बाटाकाचौर बागलुङको ५८ औ बार्षिकोत्सव समारोह आज शुक्रबार सम्पन्न भएको हो । 

विद्यालयले वार्षिकोत्सवका अवसरमा अन्तर विद्यालय स्तरीय विविध प्रतियोगीताहरु सम्पन्न  गरेको छ साथै विद्यालयले पुर्ण खनाल स्मृती अक्षयकोष छात्रवृति वितरण ,बेणिमाधव भुमा स्मृती अक्षयकोष छात्रवृति वितरण ,अपाङ्ग छात्रवृति वितरण , कक्षा १–८ को महिला तथा दलित छात्रवृति वितरण गर्नुका साथै अघिल्लो वर्षको वार्षिक परीक्षाको पुरस्कार समेत वितरण गरिएको विद्यालयका शिक्षक  कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । null

कार्यक्रम बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष सेर बहादुर खनालको प्रमुख अतिथ्यता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर पुनको अध्यक्षता,शिक्षिका कल्पना खत्रीको स्वागत र शिक्षक कृष्ण प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक चेतनाथ पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा पुर्व शिक्षिका जमुना बुढाथोकीलाई विदाइ तथा शैक्षिक सत्र २०७९ मा माध्यमिक तहमा उत्कृष्ट हुन सफल शिक्षक कृष्ण प्रसाद शर्मा र आधारभुत तहमा उत्कृष्ट हुन सफल शिक्षक रुक्मागत न्यौपानेलाई विद्यालयले सम्मान गरेको थियो ।

« ज्ञानोदय आवि बाटाकाचौरमा विद्यालय सुधार योजना २०८० निर्माण कार्यशाला गोष्ठी सम्पन्न «

» विश्व नेपाली साहित्य महासङ्घ गण्डकीमा प्रकाश अधिकारी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal