दर्ता. न‌: २४५/०६५/०६६

विश्व नेपाली साहित्य महासङ्घ गण्डकीमा प्रकाश अधिकारी

भुमा मगर

२८ जेठ २०८० ।विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले शनिबार भर्चुअलरूपमा आयोजित ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ भव्य रुपमा सम्पन्न गरेको छ ।null

कार्यक्रमले प्रकाश अधिकारीको अध्यक्षतामा १५ सदस्यीय विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश समिति घोषणा गरिएको विनेसाम केन्द्रीय संगठन सचिव र नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले जानकारी दिइन् ।

नव गठित समितिको उपाध्यक्षमा आरति आचार्य (म्याग्दी) सचिवमा प्रेम थापा (बाग्लुङ्ग), सहसचिवमा प्रदीप नेपाली (पर्वत) र कोषाध्यक्ष मा सावित्री गिरि (पोखरा) रहनुभएको छ ।

त्यस्तै सदस्यहरू क्रमशः नवराज न्यौपाने ‘मौन’ (तनहुँ),निर्मला सुवेदी (बाग्लुङ्ग),अमृता पोखरेल (स्याङ्जा), सपना पौडेल ’भाविका’ (पोखरा), सम्झना थापा (स्याङ्जा), सरस्वति शर्मा जिज्ञासु (पर्वत)र घनश्याम पौडेल (पोखरा) सहित तीन सदस्य पछि थप्ने संगठन सचिब जिज्ञासुले जानकारी दिइन् ।

नवगठित गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीले खुसी व्यक्त गर्दै नेपाली साहित्यमा देखिएका अनेक समस्यालाई चिर्दै समग्र नेपाली साहित्यको उन्न्नयन र विकास गर्न समितिले महत्त्वपूर्ण काम गर्ने बताए । उनले नेपाली साहित्यको विश्व साहित्यमा दह्रो उपस्थित जनाउन अहिलेका प्रतिभावान तथा अध्ययशिल लेखकहरुले हस्तक्षेप गर्ने र त्यसको नेतृत्व विनेसामले गर्ने धारणा राखे ।

नेपाली साहित्यको श्रीबृद्धिका लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने उदेश्यले विनेसाम स्थापना भएको हो ।

त्रिपुरा विश्व विद्यालय भारतका कुलपति तथा प्रमुख अतिथि प्रा.डा. गङ्गाप्रसाद प्रसाईंले विनेसामको साहित्यिक गतिविधिहरूको खुलेर प्रशंसा गर्दै नयाँ समितिलाई हार्दिक बधाई ज्ञापन गरे । उनले नेपाली स्रष्टा र सिर्जनाले प्रभावित भएको भन्दै विश्व स्तरीय साहित्यिक सम्मेलन गर्न सुझाव दिए ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै नव–गठित गण्डकी प्रदेश समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिदै विश्व नेपाली साहित्य महासङ्घ संस्था विगत तेह्र वर्षदेखि विशुद्ध नेपाली साहित्यको उन्नयन र सेवामा समर्पित भइ लागिरहेको बताए ।

दुई दर्जन साहित्यकारको रचनावाचन :

विनेसाम नेपाल शाखाले आयोजना गरेको ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ मा विशेष साहित्यिक व्यक्तित्वहरूको उपस्थिति निकै बाक्लो रहेको थियो । सिर्जना वाचन कार्यक्रममा मोहनराज खनाल, चन्द्रावती अधिकारी, गोपाल कुमार मैनाली, सुमी पोखरेल, सरस्वति श्रेष्ठ, प्रदीप नेपाली, कृष्ण ब केसी, इन्दिरा गौतम, चरित्रा शाह, गीता अर्याल, सुरेश कु पाण्डे, सावित्री गिरि, गोपीराम भण्डारी, प्रकाश अधिकारी, नवराज न्यौपाने, प्रेम थापा, बद्री ढकाल हिरामणि लगाएतले कविता, छन्द कविता, गजल, कोपिला, हाइकु, सुसेली सुनाए ।

nullविनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना शर्मा जिज्ञासुको अध्यक्षता सम्पन्न कार्यक्रमा उपाध्यक्ष सीता बिस्ट कार्कीको स्वागत संस्थाका सल्लाहकार ऋषिराम सापकोटाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । कार्यक्रमको सञ्चानल नेपाल शाखाका सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले गरेका थिए ।

कार्यक्रममा अभिनेत्री तथा प्राज्ञ कविता आले, प्राज्ञ महानन्द ढकाल, प्रज्ञा डा घनश्याम परिश्रमी प्रज्ञा डा इन्द्रबहादुर भण्डारी, डा गोकुल क्षेत्रीय (लेखक–गुजरात÷भारत) लगायत विश्वभरिका चर्चित साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको विश्व केन्द्रिय महासचिव सुनिता राई कन्दङ्वाले जानकारी दिइन् ।

null

« शारदा मावि किसिमकोटको ५८ औं वार्षिकोत्सव आज सम्पन्न «

» बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal