बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
भुमा मगर
३२ जेठ २०८० ।बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
किसिमकोट सामुदायिक सिकाइ केन्द्र बरेङ गाउँपालिका–३ बाटाकाचौर बागलुङद्वारा सञ्चालित अभिभावक शिक्षा कार्यक्रमको अन्तिम दिन आज विहिबार ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरमा सम्पन्न भएको हो ।
कार्यक्रम विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा बरेङ गाउँपालिका वडा नं. ३ का वडा सदस्य टेक बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चन्द्रमणी सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो भने विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा ज्ञानोदय आ.वि.का प्रधानाध्यापक मदन बहादुर कार्की, शारदा मा.वि.का शिक्षक द्वय चेतनाथ पौडेल र कृष्ण प्रसाद शर्मा तथा ज्ञानोदय आ.वि. का शिक्षक चन्द्रमणि शर्माले अभिभावकहरुलाई प्रशिक्षण गर्नुभएको थियो । साथै विद्यालयका प्रधानाध्यापक कार्कीले प्रशिक्षक चेतनाथ पौडेल ,कृष्णप्रसाद शर्मा तथा सामाजिक परिचारीका लक्ष्मी सुबेदीलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको कार्यक्रमका प्रशिक्षक एवम शारदा माविका शिक्षक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा अभिभावकहरुको उल्लेख्य रहेको थियो भने यस्ता कार्यक्रमहरुले अभिभावकहरुलाई प्रत्यक्ष रुपमा सकरात्मक प्रभाव पारेको भन्दै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने इच्छा अभिभावकहरुले व्यक्त गर्नुभएको थियो ।
« विश्व नेपाली साहित्य महासङ्घ गण्डकीमा प्रकाश अधिकारी «
» पुरुषोदय मावि बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न »







