दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोदय मावि बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न

विहानी संवाददाता

९ असार २०८०।पुरुषोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका–२ बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

विद्यालयले आफ्नो ५९ औं वार्षिकोत्सव यहि असार ६,७ र ८ गते विविध कार्यक्रम गरी मनाएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजंग श्रीसले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने वार्षिकोत्सवको अन्तिम दिन गण्डकि प्रदेशसभा सदस्य लिला बहादुर थापाले गमलामा फुल राखेर मुल समारोहको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकि प्रदेशसभा सदस्य थापाले देशमा बढिरहेको बेरोजगारीको अन्त्य गर्न प्राविधिक शिक्षाको आवश्यकता औंल्याउदै विद्यालयमा सञ्चालित कृषि शिक्षा पढ्न सवै अभिभावकहरुले आफ्ना छोराछोरीलाई प्रेरित गर्नुपर्ने बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकि प्रदेशसभा सदस्य लिला बहादुर थापा, बरेङ गाउँपालिकाका प्रवक्ता तुफन पुन,नेकपा एमाले गण्डकि प्रदेशका सदस्य प्रदिप थापा मगर,शारदा माध्यमिक विद्यालयका शिक्षक मेघराज चालिसे र बालविकास आधारभुत विद्यालयका प्रधानाध्यापक लिलाधर शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका विद्याथीहरुले ‘कृषि शिक्षा आजको आवश्कता’, ‘बाल श्रम अन्त्य गरौं’, ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ लगायतका प्लेकार्ड सहित ¥याली गरेका थिए । 

वार्षिकोत्सवको पहिलो र दास्रो दिन अन्तर विद्यालय स्तरिय अन्तरसदनात्मक कार्यक्रम अन्तर्गत हिसाव दौड प्रतियोगिता,हाजिरीजवाफ प्रतियोगिता,कम्प्युटर टाइपिङ प्रतियागिता,४०० मिटर छात्रछात्रा दौड प्रतियेगिता,भलिबल प्रतियोगिता लगायतका प्रतियोगिताहरु सम्पन्न भएका थिए भने तेस्रो तथा अन्तिम दिन शुक्रबार कृषि सामाग्री प्रदर्शनी,खुल्ला नृत्य प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरी विजेता विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजगं श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक नरिनारायण पौडेलको स्वागत र शिक्षकद्धय सन्तोष श्रीस,नाम बहादुर थापा र शिक्षिका प्रतिक्षा सुवेदिको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न «

» बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले मनायो राष्ट्रिय धान दिवस »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal